मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंका र आर्यनको 'बटरफ्लाई' रिलिज कन्फर्म

फिल्मीखबर, काठमाण्डौ, 2017/09/04
 
प्रियंका कार्की, अर्पण थापा र आर्यन अधिकारीको मुख्य भूमिका रहेको फिल्म 'बटरफ्लाई'को रिलिज मिति तोकिएको छ । निर्देशक ओम प्रतिक गुरुङले फिल्म 'बटरफ्लाई' पुष २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिए । फिल्मको एक होली गीत युट्युबमा रिलिज भैसकेको छ । 
 
रमेश प्रजापति कार्यकारी निर्माता रहने यो फिल्ममा पुष्पाञ्जली अधिकारी (सखा) निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी, सरोज शाह सह-निर्माता रहेका छन् । फिल्ममा सुरेश बज्राचार्यको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी र कुमार महर्जनको द्वन्द्व निर्देशन छ । 
 
विकास चौधरी, दिपक शर्माको संगीत, शान्तिप्रिय, ओम प्रतिक गुरुङ, प्रमोद ढुंगाना, सरोज लामिछानेको गीत रहेको फिल्ममा युवराज चौलागाईं, राजेशपायल राई, माण्डवी त्रिपाठी, विश्व नेपाली र कोशिष क्षेत्रको स्वर रहेको छ ।