मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजवल्लभको भयो टिकाटालो

फिल्मीखबर, अमेरिका, 2017/09/04
 
लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आइरहेका नायक राजवल्लभ कोइरालाले इन्गेजमेन्ट गरेका छन् । आइतवार दुबै पक्षको आफन्तहरूको उपस्थितिमा अमेरिकामा नै बस्दै आएकी प्रतिमा बिमलीलाई राजवल्लभले औँठी पहिराएका हुन्। प्राप्त जानकारी अनुसार, राजवल्लभ र प्रतिमा लामो समयदेखि अफेयरमा थिए । 
 
इन्गेजमेन्टको विषयमा राजवल्लभले कुनै जानकारी नदिएपनि उनका साथी सुरेश दर्पण पोखरेलले भने फेसबुकमा तश्वीरसहित राजवल्लभ र प्रतिमालाई बधाई दिएका छन् । इन्गेजमेन्ट भएपनि उनीहरुको विवाहको मिति भने तय भएको छैन् । झापाकी प्रतिमाको परिवार अहिले अमेरिकामा नै बस्दै आएका छन् ।
 
 
नेपाली फिल्ममा कुनै समयका राजवल्लभको राम्रै चमक थियो । 'पर्खी बसें' फिल्मबाट नेपाली फिल्मक्षेत्रमा प्रवेश गरेका राजवल्लभले दुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन् । उनले अभिनय गरेको हलीउड फिल्म ‘हाइवे टू धम्पुस’ २ वर्ष अगाडि प्रदर्शनमा आएको थियो । 'छ एकान छ' पछि राजवल्लभ अभिनित नेपाली फिल्म दर्शकहरुले हेर्न पाएका छैनन् । 
 
तश्वीर : सुरेश दर्पण पोखरेल