मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'मेला'को गीत रिलिज, पवित्रासँग गजितको ठुम्का

फिल्मीखबर, काठमाण्डौ, 2017/09/03
 
सलोन बस्नेत, अशिष्मा नकर्मी र आमेश भण्डारीको मुख्य भूमिका रहेको फिल्म 'मेला'को पहिलो गीत सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको 'परिचय पाउँ' बोलको गीत सार्वजनिक गरिएको हो । गीतसँगै फिल्मको रिलिज डेट पनि घोषणा गरिएको छ । यो फिल्म कात्तिक २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने निर्देशक बसन्त निरौलाले जानकारी दिए । 
 
'परिचय पाउँ' बोलको गीतको भिडियोमा नायिका पवित्रा आचार्यसँग नायक गजित विष्टले ठुम्का लगाएका छन् भने सलोन बस्नेत र अशिष्मा नकर्मी पनि फिचरिङ छन् । लोक लयको गीतमा अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर, अर्जुन पोखरेलको संगीत र दिग्गज धुरालीको शब्द सुन्न सकिन्छ । गीतको कोरियोग्राफर पवित्रा आफै हुन् । 
 
गीत सार्वजनिक कार्यक्रममा बोल्दै फिल्मका प्रस्तुतकर्ता हरी पन्तले 'मेला' राम्रो फिल्म बनाएको बताए । यस्तै, फिल्मका निर्देशक बसन्त निरौलाले भने, 'मैंले निर्देशन गरेका अघिल्ला फिल्म भन्दा 'मेला' भिन्न छ । आश छ दर्शकहरुले फिल्मलाई मन पराउनुहुन्छ । फिल्म हेरिरहँदा दर्शकलाई कत्ति पनि बोर लाग्दैन ।'
 
मनोज के मरोडिया फिल्मका निर्माता हुन् । फिल्ममा अष्ट महर्जनको द्धन्द्ध, दिव्य सुवेदीको छायाँकन, हरी पन्तको स्टोरी, स्क्रिन प्ले र डाइलग रहेको छ । 
 
भिडियो हेर्नुहोस् :-