मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ 'ए मेरो हजुर २' को दुईदिने कलेक्सन

फिल्मीखबर, काठमाण्डौ, 2017/09/03
 
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'ए मेरो हजुर २'ले बम्पर ओपनिङ गर्‍यो । प्रदर्शन देखिनै समिक्षात्मक रुपमा उत्कृष्ट प्रतिक्रिया पाएको फिल्मले व्यवसायिक रुपमा पनि सफल भएको फिल्मको दर्शक फ्लोले प्रस्ट पार्छ। प्रदर्शनको दुईदिन 'ए मेरो हजुर २' ले सिंगल होस् वा मल्टिप्लेक्स सबैतिर हाउसफूल दर्शक पाएको थियो भने आज आइतवार पनि सार्वजनिक विदा भएका कारण बिहानैदेखि दर्शकको भिड सिनेमा घरहरुमा देखिएको छ । 
 
प्रदर्शनको पहिलो दिन देशभरबाट कूल ७८ लाख ७१ हजार कलेक्सन गरेको फिल्मले दोस्रो दिन राजधानीबाट ८७ लाख ७५ हजार र बाहिरबाट ७२ लाख ५५ हजार कलेक्सन गर्‍यो । फिल्मले दुईदिनमा कूल २ करोड ३९ लाख १ हजार कलेक्सन गर्न सफल भएको छ । 
 
मोफसल वितरणको जिम्मा लिएका वितरक केदार पराजुलीले काठमाण्डौ बाहिरका सबै हलमा फिल्मले रेकर्ड ब्रेक विजनेश गरेको बताए । उनका अनुसार, अहिलेसम्म कुनैपनि नेपाली फिल्मले मोफसलबाट एकदिनमा ७२ लाख ५५ हजारको कलेक्सन गरेको थिएन । यस्तै, काठमाडौंभित्र फिल्म वितरणको जिम्मा लिएका गोविन्द शाहीले ‘ए मेरो हजुर २’ को व्यापार आक्रामक रहेको बताए । उनले भने, 'आइतबारबाट फिल्मको व्यापार माउथ पब्लिसिटीका कारण धेरै बढ्ने अपेक्षा छ । राम्रो फिल्म निर्माण गरे सुपरहिट हुन्छ भन्ने उदारहण ‘ए मेरो हजुर २’ ले पेश गरेको छ ।' 
 
झरना थापा निर्देशित यो फिल्ममा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय छ । फिल्म हेरेपछि दर्शकले यसको संगीत, कलाकारको अभिनय, पटकथा, संवाद र कमेडी पाटोलाई मन पराएका छन् । नायक सलोन बस्नेतको अभिनयलाई सबैभन्दा धेरै रुचाइएको छ ।
 
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्।