मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानले कहिले बिहे गर्दैनन् : सलीम खान

एजेन्सी, मुम्बई, 2017/09/03
 
बलीउड सुपरस्टार सलमान खान हरेकको दिलमा राज गर्ने व्यक्ति हुन् । उनको फ्यानको उनीप्रतिको क्रेज यस्तो छ कि सलमानको जुनसुकै फिल्म रिलिज भएपनि सुपरहिट भइहाल्छ ।
 
बलीउडमा सलमान खानको सफलताको आजपनि ग्यारेन्टी जस्तै नै छ । तर, सलमानलाई सबै फ्यानले एउटै मात्र प्रश्न गरिरहेको हुन्छन्, कहिले बिहे गर्ने ? उनको बिहेको विषयलाई लिएर अनेक अन्दाज लगाइएको पाइन्छ । कहिले सलमान कैटरीनासँग, कहिले यूलियासँग बिहे गर्दै भन्ने हल्ला फैलिरहेको छ । तर, वास्तवमा नै उनले कहिले बिहे गर्छन् कसैलाई थाहा छैन ।
 
सलमानको पारिवारिक सुत्रको अनुसार, सलमानका पिता सलीम खानले भनेका छन् कि सलमान खानलाई बिहेको दबाब नदिँदा नै राम्रो किनकी उसले जीन्दगीभर एक्लै रहने फैसला गरिसकेको छ ।
 
सलमानको ऐश्वर्यासँग ब्रेकअफ भएपछि माया–प्रेममा विश्वास लाग्न छोडिसकेको थियो । यसकारण उनले बिहे नगर्ने फैसला गरेका स्रोत बताउँछ । सलमानका पिता सलीम खानले बताएअनुसार सलमान भन्छन्, परिवार र फ्यानको माया उनको साथ भएपछि उनलाई अरु कसैको जरुरत नै छैन ।