मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'कुटुमा कुटु'लाई २ करोड भ्यूअर्स

फिल्मीखबर, काठमाण्डौ, 2017/09/03
 
'कुटुमा कुटु' बोलको गीत युट्युबमा २ करोड पटक हेरिने गीतमा समावेश भएको छ । युट्युबमा सार्वजनिक भएको ३ महिनामा गीतले २ करोड 'भ्यू' पाएको हो । यति छोटो समयमा युट्युबमा दुई करोड भ्युज पाउने नेपाली फिल्मको यो पहिलो गीत बन्न सफल भएको छ । त्यसैगरी प्रदर्शनअगाडि दुई करोड भ्युज पाउने पनि यो एकमात्र गीत बनेको छ ।
 
भाद्र २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म 'दुई रुपैयाँ'मा समावेश गीतको भिडियोमा निश्चल बस्नेत, आशीफ शाह, वुद्धि तामाङ र स्वस्तिमा खड्का फिचरिङ छन् । सुर्के थैली, पूर्व पश्चिम रेल जस्ता गीतका गायक तथा संगीतकार राजनराज शिवाकोटी शब्द तथा संगीतमा तयार भएको यो गीतमा मेलिना राई, राजन इशान र स्वयं संगीतकार शिवाकोटीको समेत स्वर सुन्न सकिन्छ। 
 
कमेडी कथामा निर्माण भएको फिल्म 'दुई रुपैयाँ'लाई असिम शाहले निर्देशन गरेका हुन् । 
 

भिडियो हेर्नुहोस् :-