मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा देखियो ‘ए मेरो हजुर २’ को यस्तो क्रेज (फोटो र भिडियोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2017/09/02
 
शुक्रवारबाट प्रदर्शनमा आएको वर्षको प्रतिक्षीत फिल्म ‘ए मेरो हजुर २’ ले आक्रमक शुरुवात गरेको छ । देशभरका करीब ९० बढी हलमा प्रदर्शन भैरहेको फिल्म हेर्नका लागि दर्शकको उपस्थिती सबैजसो हलमा आक्रामक देखिएको छ । शुक्रबार बम्पर ओपनिङ गरेको फिल्मले शनिबार आफ्नो आक्रामक व्यापारलाई निरन्तरता दिएको छ । शनिबार बिहानैदेखि काठमाण्डौका सिंगल र मल्टिप्लेक्स हल दर्शकको उच्च चापले भरिए ।
 
फिल्मको व्यापार र दर्शकको प्रतिक्रियाबारे बुझ्न निर्देशक, कलाकार र वितरक शनिवार बिहानैदेखि हल–हलमा व्यस्त देखिन्थे । निर्देशक झरना थापा, नायक द्धय सलोन बस्नेत र सलिमान बनियाँ, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतको टिम बिहानै गोपिकृष्ण हलमा पुगेका थिए । दर्शकको प्रतिक्रिया बुझ्न गोपीकृष्ण पुगेका फिल्मका नायक सलोन बस्नेत, सलिनमान बनियाँ र साम्राज्ञीलाई दर्शकले बोकेर उचाले । त्यस्तै, झरना थापालाई पनि दर्शकहरुसँग फोटो खिच्न र अटोग्राफ दिन भ्याई नभ्याई देखियो ।
 
 
बिहानैदेखि ६ जना बडिगार्डसहित फिल्मको यूनिट विभिन्न हलमा पुगेको थियो । अष्टनारायण, गोपी लगायतका हलमा दर्शकको भिडमा घेरिएका फिल्मका कलाकारलाई सुरक्षा दिन बडिगार्डलाई समेत पसिना छुटेको थियो । अष्टको बिहानीदेखि साँझसम्मको शोमा ४ वटा पर्दा हाउसफूल रह्यो । यस्तै, गोपीकृष्ण मुभीजको ४ वटा पर्दामा पनि दर्शकको उपस्थिती लोभलाग्दो देखिन्थ्यो । प्रदर्शनको पहिलो दिन देशभर गरि कूल ७८ लाख ग्रस कलेक्सन गरेको फिल्मले दोस्रो दिन शनिवार अनुमानित डेढ करोड ग्रस कलेक्सन गरेको छ । दोस्रो दिनको कलेक्सन रिपोर्ट भने भोली दिउँसोसम्ममा मिडियालाई प्राप्त हुनेछ । 
 
मोफसल वितरणको जिम्मा लिएका वितरक केदार पराजुलीले काठमाण्डौ बाहिरका सबै हलमा फिल्मले रेकर्ड ब्रेक विजनेश गरेको बताए । नेपाली फिल्मको ठूलो बजार मानिने चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरी लगायतमा ठाउँमा फिल्मको टिकट नपाएर दर्शकहरु घर फर्किएका थिए । फिल्मकी निर्देशक झरना थापा हलमा पाएको प्रतिक्रियाले उत्साहित देखिइन् । 
 
 
फिल्म हेरेपछि दर्शकले यसको संगीत, कलाकारको अभिनय, पटकथा, संवाद र कमेडी पाटोलाई मन पराएका छन् । नायक सलोन बस्नेतको अभिनयलाई सबैभन्दा धेरै रुचाइएको छ ।
 
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्।  
 
फिल्ममा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय छ ।
 
भिडियो हेर्नुहोस् :-