मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निरहुवाको भोजपुरी फिल्ममा सविन भिलेन

फिल्मीखबर, काठमाण्डौ, 2017/09/02
 
५० भन्दा बढी नेपाली फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका चल्तीका युवा द्वन्द्व निर्देशक चन्द्र पन्तले भोजपुरी सुपरस्टार निरहुवालाई लिएर निर्देशन गरिरहेको फिल्म ‘निरहुवा चलल लन्डन’ मा नेपाली फिल्मका नायक सविन श्रेष्ठले भिलेनको भूमिका निर्वाहा गर्ने भएका छन् । 'फिल्मीखबर डटकम'सँगको विशेष कुराकानीको क्रममा चन्द्र पन्तले यो खुलासा गरेका हुन् । सविनले पहिलो पटक फिल्ममा भिलेनको भूमिका निर्वाहा गर्न लागेका हुन् । 
 
भोजपुरी भाषामा निर्माण भैरहेको फिल्ममा सविनले निरहुवासँग भिडन्त गर्नेछन् । चन्द्र पन्तले भने, 'मैँले सविन श्रेष्ठसँग आधा दर्जन बढी फिल्ममा काम गरिसकेको छु । ‘निरहुवा चलल लन्डन’को स्क्रिप्ट सुनेपछि उहाँले भिलेनको भूमिका निर्वाहा गर्छु भन्नुभयो । सविन श्रेष्ठसँगै फिल्ममा सुनिल थापाले पनि भिलेनको भूमिका निर्वाहा गर्दै हुनुहुन्छ ।' 
 
केही दिनको विश्रामपछि पुनः ‘निरहुवा चलल लन्डन’ को छायाँकन नेपालमा सुरु भएको छ । भोजपुरी सुपरस्टार निरहुवा बुधवारमात्र फिल्मको बाँकी छायाँकनका लागि नेपाल आएका छन् । फिल्ममा निरहुवा, सुनिल र सविनका अलावा भोजपुरी नायिका आम्रपाली दुबेको मुख्य भूमिका छ । 
 
३ करोडको लागतमा निर्माण हुने फिल्मको छायाँकन नेपालसँगै लण्डनमा हुने निर्देशक पन्तले जानकारी दिए । पशुपतिनाथ प्रोडक्सन र खड्का फिल्मस्को ब्यानरमा निर्माणाधीन फिल्मको निर्माताद्वय सुरज खड्का र सोनु खत्री हुन् ।