मिति : २०८१ वैशाख ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलीउड फिल्ममा प्रियंका वकिल बन्ने

एजेन्सी, मुम्बई, 2017/09/02
 
बलीउड अभिनेत्री प्रियंका चोपडाको हलीउड अभिनय यात्राले राम्रो चमक पाउँदैछ । 'बेवाच'बाट हलीउड डेब्यु गरेकी प्रियंकाले अन्य दुई हलिउड फिल्म साइन गरिसकेकी छिन् । तर, दुबै फिल्ममा उनी मुख्य अभिनेत्री भने होइनन्।
 
हालै अर्को नयाँ फिल्ममा उनको अभिनय रहने खबर भारतीय मिडियाले प्रकाशन गरेका छन् । डेब्यु फिल्म 'बेवाच'कै निर्देशक सेथ गोर्डनको निर्देशन रहने फिल्ममा उनले अभिनय गर्ने भएकी हुन्। फिल्ममा प्रियंका निकट हलीउड अभिनेत्री मुबिना र्याशटोन्सीको मुख्य अभिनय रहनेछ। फिल्ममा प्रियंकाले वकिलको भूमिका निर्वाहा गर्ने जनाइएको छ। प्रियंकाले हालसम्म कुनै पनि बलीउडमा फिल्ममा वकिलको भूमिकामा देखिएकी छैनन्।
 
हलीउड फिल्मको पूर्ण जानकारी आउनुअघि प्रियंका आफ्नो फिल्म निर्माण कम्पनी पर्पल पेबलको ब्यानरमा बन्ने फिल्ममा ध्यान दिन चाहन्छिन्। उनले नेपाली भाषाको सिक्किमी फिल्म 'पाहुना' टोरन्टो फिल्म महोत्सवमा प्रदर्शनको लागि छानिएको छ।