मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'ए मेरो हजुर २'को बम्पर ओपनिङ, सबैतिर हाउसफूल

फिल्मीखबर, काठमाण्डौ, 2017/09/01
 
सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी नायिका झरना थापा निर्देशित पहिलो फिल्म 'ए मेरो हजुर २' ले प्रदर्शनको पहिलो दिन बम्पर ओपनिङ गरेको छ । आज शुक्रवारबाट देशभरका ९० बढी हलमा प्रदर्शन आरम्भ गरेको फिल्मले मल्टिप्लेक्समा हाउसफूल दर्शक पायो भने सिंगल स्क्रिनमा पनि दर्शकको उपस्थिती उतिक्कै थियो । 
 
'ए मेरो हजुर २'को शुक्रवार बिहानको शोमा ८० प्रतिशत र दिउँसोदेखि साँझको शोमा ९० प्रतिशत अकुपेन्सी छ । काठमाडौंमा फिल्म वितरणको जिम्मा लिएका वितरक गोविन्द शाहीले भने, 'आज सबै हलहरु हाउसफूल भए । काठमाडौंका मल्टिप्लेक्समा भोली शनिवार फिल्मको सबै टिकट सोल्ड आउट भैसकेको छ ।' यस्तै, काठमाण्डौ बाहिर पनि फिल्मले बम्पर ओपनिङ गरेको वितरक मनोज राठीले बताए । 
 
फिल्मको हिजो बिहीवार राजधानीमा भव्य प्रिमियर शो आयोजना गरिएको थियो । प्रिमियरमा पनि फिल्म 'ए मेरो हजुर २'ले उत्कृष्ट प्रतिक्रिया पाएको छ । निर्देशक झरना थापाका अनुसार, फिल्म हेरेका अधिकांश दर्शकहरुले कथावस्तु र कलाकारहरुको अभिनय रुचाएका छन् । 
 
शुक्रवारको विहान र दिउँसोको शोमा गोपीकृष्ण मुभीजको ४ वटा हल हाउसफूल भएका थिए । यस्तै, राजधानीका अन्य ठुला मानिने हल अष्टनारायण, गुण, गंगा, कलंकीमा पनि दर्शकको साथ उत्कृष्ट पाईएको हल सञ्चालकहरुबाट रिपोर्ट प्राप्त छ । 'ए मेरो हजुर २' ले सिंगलसँगै मल्टिप्लेक्समा बलीउड फिल्म 'बादशाहो'लाई समेत उछिनेको छ । 
 
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्।