Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मिस्टर झोले’ गीत : दयाहाङको ‘ओखती’ दीया

फिल्मीखबर, काठमाण्डौ, 2017/09/01
 
'कबड्डी', 'कबड्डी कबड्डी', 'पुरानो डुंगा' फिल्मका निर्देशक रामबाबु गुरुङ निर्देशित नयाँ फिल्म ‘मिस्टर झोले’को पहिलो गीत सार्वजनिक भएको छ । ‘ओखती’ बोलको गीतमा कालिप्रसाद बाँस्कोटाको संगीत, शब्द तथा स्वर छ । विक्रम स्वारको कोरियोग्राफी रहेको गीतको भिडियोमा दयाहाङ राई, दीया पुन र प्रविण खतिवडा फिचरिङ छन् । 
 
पुष २८ गतेलाई रिलिज कन्फर्म गरिएको फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
 
२०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म 'झोले' टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो । रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी। कार्कीले छायांकन गरेका हुन् । 
 
गीत हेर्नुहोस् :-
 
Most Visited News (monthly)