मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

'प्रेमगीत २' हिट, तर अश्लेषा ?

मनिष अन्जान, काठमाण्डौ, 2017/09/01
 
साउन १३ गतेबाट प्रदर्शनमा आएको वर्ष २०७१ को हिट फिल्म 'प्रेमगीत'को नेम सिक्वेल 'प्रेमगीत २' पनि हिट सावित भयो । 'प्रेमगीत २' चल्नुमा धेरै फ्याक्टरले काम गर्‍यो । गीतसंगीतदेखि नायक प्रदीप खड्काको क्रेजले पनि 'प्रेमगीत २' हिट हुन ठूलो मद्दत गरेको चलचित्रकर्मी बताउँछन् । 'प्रेमगीत'मा प्रदीप खड्का र पूजा शर्माको जोडी बाँधिएको थियो तर 'प्रेमगीत २' मा प्रदीपले नव-नायिकासँग रोमान्स गरे । 
 
'प्रेमगीत'को जोडी 'प्रेमगीत २' मा दर्शकहरुले हेर्न नचाहेका थिएनन् तर निर्माण टिमभित्रको आपसी असमझदारीका कारण यो सम्भव भएन । 'प्रेमगीत २' बाट 'प्रेमगीत'का निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्मा बाहिरिए । 'प्रेमगीत २' मा निर्देशकको ठाउँ रामशरण पाठकले लिए भने नायिकाको ठाउँ अश्लेषा ठकुरीले । 'प्रेमगीत २' बाट रामशरण पाठकले आफूलाई हिट निर्देशकको सूचीमा उभ्याए तर अश्लेषालाई भने फिल्म हिट भएपनि खासै ठूलो सफलता मिलेन । 
 
'प्रेमगीत २' हेर्ने अधिकांशले प्रदीप खड्काको अभिनयको तारिफ गरे तर अश्लेषाले भने दर्शकमाझ गतिलो छाप बनाउन सकिनन् । समिक्षा होस् वा दर्शक प्रतिक्रिया कतैपनि अश्लेषाको अभिनयको तारिफ सुनिएन । धेरैले नायिकामा पूजा शर्माको अभाव खड्किएको पनि बताए । फिल्ममा अश्लेषाको अभिनय र डाइलग डेलिभरी सबैभन्दा फितलो देखिन्थ्यो । 
 
उनले प्रयोग गर्ने थेगो 'ए बोजु' लाई भने दर्शकहरुले निकै रुचाएका थिए । तरपनि, उनले 'प्रेमगीत २' मा आफ्नो दमदार अभिनय कला देखाउन भने सकिनन् । नयाँ अनुहारको भिडमा आफूलाई फरक सावित गर्न अब अश्लेषाले आफ्नो अभिनयमा धेरै सुधार गर्नुपर्ने देखिन्छ ।