मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नम्बर १ ट्रेन्डिङमा ‘झ्याम्म झ्याम्म’

फिल्मीखबर, काठमाडौं, 2017/09/01
 
युट्युब अहिले नेपालीहरुका लागि पनि वैकल्पिक टेलिभिजन च्यानल भइसकेको छ। कतिले नयाँ गीत टिभीमा हैन युट्युबमा हेर्छन्। विशेष गरी युट्युबले नेपालमै लोकल सर्भर राखेपछि र पछिल्ला दिनहरुमा इन्टरनेट स्पिड पनि राम्रो भएपछि नेपालीहरुले युट्युबमा भिडियो हेर्ने प्रचलन बढेको हो। 
 
केही वर्ष अगाडिसम्म युट्युबमा फिल्मका गीतले १ लाख 'भ्यू' पाए आश्चर्य मानिन्थ्यो तर अहिले करोड 'भ्यू' पनि सामान्य बन्दै गएको छ । युट्युबमा करोडभन्दा बढी 'भ्यू' टेक्नेमा दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेका फिल्मका गीत छन् । 'वडा नम्बर ६' को 'सुर्के थैली खै' र 'छक्का पन्जा'को 'पूर्व पश्चिम रेल' गीतले युट्युबमा करोड बढी भ्यू पाइसकेको छ । यस्तैमा अहिले फिल्म 'छक्का पन्जा'को नेम सिक्वेल 'छक्का पन्जा २' मा समावेश 'नाइनलको साडीमा' र 'झ्याम्म झ्याम्म' बोलको गीतले पनि युट्युबमा तहल्का मच्चाइरहेको छ । 
 
'नाइनलको साडीमा' बोलको गीतले युट्युबमा ७५ लाखको आसपासमा 'भ्यू' पाइसकेको अवस्थामा फिल्मको अर्को गीत 'झ्याम्म झ्याम्म'ले पनि युट्युबमा सार्वजनिक भएको ३ दिनमा ९ लाख 'भ्यू' पाएको छ । यो गीत अहिले युट्युबको नेपाल ट्रेन्डिङको नम्बर १ मा आएको छ । किरण कंडेलको संगीत, उत्तम संजेलको शब्द रहेको गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर छ । 
 
कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा प्रियंका कार्की, विल्सन विक्रम राई, दिपकराज गिरी र बुद्धि तामाङले नृत्य पस्केका छन् । फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन् । पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल यो फिल्मको लिड कलाकारको रुपमा रहेका छन् ।
 
फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।
 

गीत हेर्नुस् :-