मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

९ वर्षपछि एउटै फिल्ममा काजोल र अजय

एजेन्सी, मुम्बई, 2017/09/01
 
बलीउडको चर्चित रिल र रियल जोडी काजोल र अजय देवगनलाई दर्शकहरुले पर्दामा निकै रुचाए । अब ९ वर्षको लामो अन्तरालपछि यो जोडीले एकसाथ फिल्ममा काम गर्ने भएका छन् । अजयले आफ्नो नयाँ प्रोजेक्टको घोषणा गरेका छन् । अजयले एक अन्तर्वार्ताको क्रममा भनेका छन्, 'अन्ततः लामो समयपछि म र काजोल फेरि एकसाथ फिल्ममा काम गर्दैछौँ ।'
 
यो जोडीले एक कमेडी फिल्ममा एकअर्कासँग रोमान्स गर्नेछन् । भारतीय मिडियाका अनुसार, यो एक फ्यामेली फिल्म हुनेछ । यसअघि यी दुईले एकसाथ 'इश्क' र 'प्यार तो होना ही था' जस्ता कमेडी फिल्ममा काम गरेका थिए । यस्तै, 'राजू चाचा', 'टूनपुर का सूपरहीरो' र 'दिल क्या करे' मा पनि काजोल र अजयले स्क्रिन शेयर गरेका थिए ।