मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'दुई रुपैयाँ'को गीतमा लाउरे र एड्रेको र्‍याप

फिल्मीखबर, काठमाण्डौ, 2017/09/01
 
भाद्र २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म 'दुई रुपैयाँ'को ओएसटी गीत सार्वजनिक भएको छ । दुई रुपैयाँ बोलको ओएसटी गीतमा लाउरे र एड्रेको स्वर रहेको छ । यस्तै, गीतमा शब्द संगीत रोहित शाक्यको छ । भिडियोमा भने लाउरे, एड्रेसँगै फिल्मका मुख्य कलाकार द्धय निश्चल बस्नेत र आशिफ शाहलाई पनि देख्न सकिन्छ । 
 
फिल्ममा समावेश 'कुटुमा कुटु' बोलको गीतका कारण पनि चर्चा रहेको फिल्म 'दुई रुपैयाँ'को ट्रेलर र 'टल्क्यो जावनी' बालको गीत पनि सार्वजनिक भैसकेको छ । फिल्ममा निश्चलले 'जुरेली' र अशिफले 'दाह्री'को भूमिका निर्वाहा गरेका छन् ।  
 
ए जि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा।ली।ले निर्माण गरेको यो फिल्ममा निश्चल र आशिफसहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन् ।
 

भिडियो हेर्नुहोस् :-