मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

हलमा 'ए मेरो हजुर २', प्रिमियरमा पायो तारिफ

फिल्मीखबर, काठमाण्डौ, 2017/09/01
 
एक दशक लामो आफ्नो अभिनय करिअरको अनुभवलाई सर्टिफिकेट मानेर फिल्म निर्देशनमा उत्रिएकी नायिका झरना थापा निर्देशित ए 'ए मेरो हजुर २' आजबाट देशव्यापी प्रदर्शनमा आएको छ । देशभरका करीब ९० बढी हलहरुबाट प्रदर्शन आरम्भ गरेको 'ए मेरो हजुर २' सँग भिड्न अन्य कुनैपनि नेपाली फिल्म प्रदर्शनमा आएका छैनन् । तर, बलीउड स्टार अजय देवगन अभिनित फिल्म 'बादशाहो' भने प्रदर्शनमा आएको छ । 
 
 
२ घण्टा ३० मिनेट लामो फिल्मको बिहीवार राजधानीमा ग्रान्ड प्रिमियरको आयोजना गरिएको थियो । कुमारी हलमा आयोजना गरिएको प्रिमियरमा झण्डै ५ सयको आसपासमा चलचित्रकर्मीदेखि पत्रकारहरुको उपस्थिती थियो । प्रिमियरमा उत्कृष्ट मेकिङ रहेको फिल्मको चलचित्रकर्मीहरुले कथावस्तुलाई विशेष मन पराए । सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ र अम्बर सुवेदीको अभिनयको तारियो भयो भने पहिलो पटक फिल्म निर्देशनमा हात हालेकी झरनाको निर्देशकीय क्षमताको पनि प्रशंसा भयो  । 
 
 
प्रिमियरमा रेखा थापा, पल शाह, आँचल शर्मा, सञ्चिता लुईटेल, पवित्रा आचार्य, सुशील क्षेत्री, जितु नेपाल, केदार घिमिरे, नीता ढुंगाना, रमेश उप्रेती, प्रशान्त ताम्राकार लगायतका कलाकारको उपस्थिति थियो। फिल्म हेरेपछि राम्रो लाग्दा मात्र चलचित्रकर्मी र रंग पत्रकारले सामाजिक संजालमा त्यसका बारेमा लेखेको पाइन्छ । फिल्म 'ए मेरो हजुर २' को बारेमा सामाजिक संजालमा पनि तारिफका शब्दहरु कोरिएका छन् ।
 
 
प्राप्त जानकारी अनुसार, शुक्रवारको विहानको शोमा गोपीकृष्ण मुभीजको ४ वटा हल हाउसफूल भएको छ । सात पर्दा रहेको हलका कृष्ण, ओम, नम र शिवाय 'ए मेरो हजुर २'का दर्शकले भरिभराउ छन् । यस्तै राजधानीका अन्य ठुला मानिने हल अष्टनारायण, गुण, गंगा, कलंकीमा पनि दर्शकको साथ उत्कृष्ट पाईएको हल सञ्चालकहरुबाट रिपोर्ट प्राप्त छ ।
 
मल्टिप्लेक्समा पनि फिल्मको विहानी शो सबैतिर हाउसफुल भएको छ भने क्युएफएक्स तथा बिग सिनेमाले प्रदान गरेका शुक्रबारका सबैजसो 'शो' का सिटहरु अग्रिम बुकिङले भरिएका छन् । राजधानीमा फिल्मको पहिलो दिनको बिहानी अकुपेन्सी ८० प्रतिशत माथी देखिएको छ ।
 
 
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्।  
 
तश्वीर : विवेक बस्याल

भिडियो हेर्नुहोस् :-