Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब सनी देओल बन्नेछन् 'सिंघम'

एजेन्सी, मुम्बई, 2017/08/31
 
अजय देवगन बलीउडमा 'सिंघम' नामबाट पनि खुबै परिचित छन् । बाजीराव सिंघमको भूमिकाले बलीउडमा उनलाई अलग स्थानमा पुर्‍याएको थियो । तर, अब खबर बाहिर आएको छ कि यसको तेस्रो भागमा अजयको ठाउँ सनी देओलले लिँदैछन् । यसभन्दा अगाडि अजय देवगनले 'सिंघम'को दुई भागमा काम गरेका थिए । 
 
तर, यसपटक सनी देओल ‘आता माझी सटकली’ बोल्दै पर्दामा देखिने भएका छन् । बलीउडका 'सिंघम' अचानक बदलिए दर्शकलाई झट्का त अवश्य लाग्नेछ । मानिसहरु सनी देओललाई पनि एक्सन फिल्ममा निकै रुचाउने गर्छन् तर 'सिंघम'को रुपमा दर्शकहरुले मात्र अजय देवगनलाई देखेका छन् । यस्तैमा अजय देवगनलाई रिप्लेस गरेर 'सिंघम'को भूमिकामा सनी देओललाई उतार्नु फिल्ममेकर्सलाई भारी त पर्ने होइन ? 
 
मिडिया रिपोर्ट्सका अनुसार, सनी देओलले 'सिंघम-३' साइन गर्नुभन्दा अगाडि अजय देवगनलाई फोन गरेका थिए । उनले फोनमार्फत अजय देवगनलाई आफूले 'सिंघम-३' गर्न लागेको जानकारी दिएका थिए । अजय देवगनले 'सिंघम' शब्द प्रयोग नगर्न सल्लाह दिएपछि फिल्मको नाम परिवर्तन गरिएको छ । अब फिल्मको नाम 'S-3' हुनेछ । यो फिल्मका प्रोड्यूसर जयन्तीलाल गढा हुन् । 
Most Visited News (monthly)