मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कसरी म राजेश हमालको डुब्लिकेट ? : शितल केसी

फिल्मीखबर, काठमाण्डौ, 2017/08/31
 
नायक शितल केसीलाई चिन्नेहरु प्रायले राजेश हमालको डुब्लिकेट भनेर चिन्दछन् । कसिलो बान्की परेको खाइलाग्दो शरीर झट्ट हेर्दा राजेश हमालसँग मिल्दोजुल्दो शारीरिक बनावट र हाउभाउका कारण उनलाई हमालको डुब्लिकेटको परिचयले वर्षौदेखि पिछा छोडेको छैन् । तर, उनलाई हमालको डुब्लिकेट भनेको पटक्कै मन पर्दैन । 
 
फिल्मीखबर डटकमसँग कुराकानी गर्दै शितलले भने, 'राजेश हमालको अभिनय र स्टाइललाई जस्ताको त्यस्तै उतार्नुलाई डुब्लिकेट भनिन्छ हैन ? तर मैले अहिलेसम्म त्यस्तो गरेको छैन । अनि कसरी म राजेश दाईको डुब्लिकेट भएँ ? के मैले कपाल पाल्न नपाउने ? कपाल पाल्दैमा के राजेश हमाल भईन्छ ? म राजेश दाईलाई आदर गर्छु तर डुब्लिकेट भनेको मलाई मन पर्दैन । मलाई लाग्दैन म राजेश हमालको डुब्लिकेट हुँ ।  मेरो आफ्नै परिचय छ ।'
 
३० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका शितलले नायक राजेश हमालसँग फिल्म 'मेरो राजेश दाई'मा पनि काम गरेका थिए । फिल्ममा राजेश हमाल र शितल केसी दाई-भाईको भूमिकामा थिए । 'जाल' नेपाली फिल्मबाट रजतपटमा भित्रिएका शितल अभिनित अझै आधा दर्जन फिल्म प्रदर्शनको तयारीमा छन् । 
 
हाल 'मेरो गीत' नामक फिल्मको काममा व्यस्त शितल भन्छन्, 'आफू अभिनित फिल्म सफल नहुँदा र प्रदर्शनमा नआउँदा करिअरलाई निकै अफठ्यारो पर्दोरहेछ । तर आगामी दिनमा कथावस्तु, भूमिका, ब्यानर र निर्देशक हेरेर मात्र काम गर्नेछु ।' उनले 'जाल' र 'मेरो राजेश दाई' बाहेक 'यो कस्तो प्रेम', 'अभियान', 'जंगली माया', 'हाम्री चेली' लगायतका फिल्ममा अभिनय गरिसकेका छन् ।