मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालअघि कतारमा ‘रोमियो’

फिल्मीखबर, काठमाण्डौ, 2017/08/31
 
कात्तिक १७ गतेबाट नेपालमा प्रदर्शनमा आउन लागेको फिल्म ‘रोमियो’को पहिलो प्रदर्शन भने कतारको दोहामा हुने भएको छ । यही शनिबार कतारमा फिल्मको भव्य शो हुन लागेको निर्माता तथा नायक हसनराजा खानले जानकारी दिएका छन् । उनका अनुसार, दोहास्थित ग्राण्डमलमा कतारको समय अनुसार साढे ३ बजेबाट फिल्म प्रदर्शन हुनेछ । आइतबार पनि सोही समयमा फिल्मको प्रदर्शन हुने हसनले जानकारी दिए ।
 
फिल्मको प्रदर्शनका लागि हसन कतार पुगिसकेका छन् । ३ हजार भन्दा बढी दर्शकले फिल्म हेर्ने अपेक्षा गरिएको हसनले बताए । मुस्लिमहरुको महान चाड बकर इदको अवसर पारेर फिल्मको प्रदर्शन कतारमा गर्न लागिएको हो । 
 
फिल्ममा हसनराजा खानसँगै निशा अधिकारी, ओसिमा बानु र मेलिना मानन्धर मुख्य भूमिकामा रहेका छन् । एचआरके प्रोडक्सनको ब्यानरमा हसनराजाले निर्माण गरेको फिल्ममा रामेश्वर कार्कीको छायांकन र किरण घिमिरे ‘माइकल’ ले कथा लेखेका हुन् । 
 
शंकर कार्कीको निर्देशन रहेको फिल्ममा अष्ट महर्जनको एक्सन, गम्भीर विष्ट र विपेन गुरुङको कोरियोग्राफी रहनेछ । फिल्मको ‘ल्याङ ल्याङ’ बोलको गीतको अडियो हिट भैसकेको छ ।