Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

श्वेताको माझी बस्ती निर्माणलाई २० लाख सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2017/08/30
 
श्वेताश्री फाउण्डेशनले चौतारा साँगाचोकगढी नगरपालिका झ्याडीगाउँमा निर्माण गर्दै गरेको एकिकृत नमुना माझी बस्ती विकास परियोजनालाई बंगलादेशको स्थापित ढाका क्लबले बीस लाख रुपैयाँ सहयोग गरेको छ । मंगलबार बस्तीमै पुगेर क्लबका कार्यकारी अधिकृत जाहिरुल आलिमले श्वेताश्री फाउण्डेशनका सल्लाहकार प्रेम खत्रीलाई सो रकमको चेक हस्तान्तरण गरे ।
 
चेक हस्तान्तरण गरेपछि अधिकृत आलिमले गत ०७२ बैशाख १२ गते गएको भूकम्पले माझी बस्तीलाई पुर्‍याएको क्षति देखेर आर्थिक सहयोग गरेको खुलाए । भूकम्पबाट प्राभावित ५६ माझी घरहरुमध्ये दश वटा घरको जग बसालिएको छ । ‘हामी चाँडै नै तपाईंहरु घरमा बसेको हेर्न चाहान्छौं, चेक हस्तान्तरण कार्यक्रममा बोल्दै श्वेताश्री फाउण्डेशनका सचिव यज्ञराज कार्कीले भने, ‘हामी घर भन्दा पनि शहर बनाउँदैछौं । यसैले केही समय लागिरहेको हो । यो बस्ती हामीले होइन तपाईहरुले बनाउँदै हुनुहुन्छ ।’ फाउण्डेशनका अध्यक्ष नायिका श्वेता खड्का भने फिल्म 'कान्छी' सुटिङमा व्यस्त भएका कारण मंगलबार बस्ती आउन नसकेको जानकारी गराइएको थियो । 
Most Visited News (monthly)