मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रेस ३’ मा सलमान र ज्याकलीन फाइनल

एजेन्सी, मुम्बई, 2017/08/30
 
सलमान खान र ज्याकलीन फर्नान्डिजको जोडी ‘रेस ३’ मा देखिने पक्का भएको छ । यो खबरको पुष्टि ज्याकलीन आफैले मिडियामा गरेकी छिन् । ज्याकलीन अहिले आफ्नो नयाँ फिल्म ‘ए जेन्टलम्यान’ को प्रमोशनमा व्यस्त छिन् । यो फिल्ममा ज्याकलीनको जोडी अभिनेता सिद्धार्थ मल्होत्रासँग बाँधिएको छ । 
 
ज्याकलीनले ‘ए जेन्टलम्यान’ को अन्तर्वार्ताको क्रममा आफ्नो नयाँ प्रोजेक्ट्सको बारेमा बताउँदै भनिन्, 'जुडवा २ पछि ‘ड्राइभ’ मा काम गर्दैछु । तरुण मनसुखानीको यो फिल्ममा सुशान्त सिंह राजपूत मुख्य भूमिकामा छन् । यसपछि सलमानसँग फिल्म ‘रेस ३’ को काममा व्यस्त हुनेछु ।' 
 
यो फ्रेन्चाइजको पहिलो फिल्म ‘रेस’ २००८ मा आएको थियो । यसमा सैफ अली खान, बिपाशा बसु, अक्षय खन्ना, कटरीना कैफ, अनिल कपूर र समीरा रेड्डीले काम गरेका थिए । यो फिल्मका निर्देशक अब्बास-मुस्तन हुन् । यसको दोस्रो भागलाई पनि अब्बास-मुस्तनले नै निर्माण गरेका थिए ।  
 
‘रेस २’ २०१३ मा प्रदर्शनमा आएको थियो । यो फिल्ममा अनिल कपूर र सैफ अली खान, दीपिका पादुकोण, जोन अब्राहम, ज्याकलिन फर्नान्डिज मुख्य भूमिकामा थिए । यो फिल्मले सय करोडभन्दा बढी कलेक्सन गरेको थियो । सलमान र ज्याकलीनले यसअघि फिल्म  ‘किक’ मा काम गरेका थिए । योसँगै ज्याकलीनको ‘जुडवा २’ मा सलमान अतिथी भूमिकामा देखिनेछन् ।