मिति : २०८१ वैशाख ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दीपिकाको लागि रमेश र प्रशान्तको टक्कर (ऐश्वर्य टीजर)

फिल्मीखबर, काठमाण्डौ, 2017/08/30
 
कात्तिक २ गतेबाट एक हप्ता पछाडि सर्दै कात्तिक ९ गतेलाई रिलिज फाइनल गरिएको फिल्म 'ऐश्वर्य'को टीजर सार्वजनिक भएको छ । 'तिमी रोएको पल' बोलको गीतबाट नै चर्चामा रहेको 'ऐश्वर्य'को टीजरमा ऐश्वर्य उर्फ दीपिका प्रसाईका लागि रमेश उप्रेती र प्रशान्त ताम्राकारको टक्कर देख्न सकिन्छ । 
 
फिल्ममा रमेश उप्रेती , दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् ।  
 
निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । फिल्मको विषयमा जानकारी दिँदै रमेश उप्रेतीले भने, 'ऐश्वर्यलाई म र मेरो टीमले स्टाइलिस बनाउन खोजेका छौ । नेपालको सुन्दरतासँगै नेपाली प्राविधिकले पनि यो लेभलको फिल्म दिन सक्छन र हामी पनि कथा अनुसार सम्झौता गर्दैनौ भन्ने उदाहरण दिनु नै म र मेरो टीमको उद्येश्य हो ।' 
 
यस्तै, निर्देशक दिवाकर भट्टराईले भने, 'फिल्मले सुपर मोडलको कथासँगै बिजनेसम्यानको जीवन शैलीलाई पनि प्रस्ट्याउनेछ । हरेक मान्छे ऐश्वर्य प्राप्तिका लागि संघर्ष गरिरहेको हुन्छ, यसैलाई हामीले फिल्मी शैलीमा प्रस्तुत गरेका छौ ।' फिल्ममा दीपिका प्रसाई सुपर मोडलको रुपमा छिन् । 'ऐश्वर्य'लाई सुदीप बरालले खिचेका हुन् । 
 
टीजर हेर्नुहोस् :-