मिति : २०८१ वैशाख ३०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनुप र मलिनाको 'रानी' टीजर रिलिज

फिल्मीखबर, काठमाडौं, 2017/08/30
 
केही वर्ष प्रेम सम्बन्धमा रहेको जोडी अनुप विक्रम शाही र मलिना जोशी द्धारा अभिनित फिल्म 'रानी'को टीजर सार्वजनिक भएको छ । कात्तिक २ गतेबाट प्रदर्शन हुने चर्चाका बीच फिल्मको टीजर सार्वजनिक भएको हो । टीजरमा नव-नायक द्धय सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठ मलिनाको प्रेममा परेका छन् भने प्रहरीको भूमिकामा नायक अनुप विक्रम शाही देखिएका छन् । टीजरले के संकेत गर्छ भने मलिना, सारुक र मनिषको प्रेममा अनुप विक्रम शाही भिलेन बनेका छन् । 
 
भानु महर्जन प्रस्तुतकर्ता रहेको यो फिल्मबाट नायक शिव श्रेष्ठका छोरा मनिष श्रेष्ठले नेपाली रजतपटमा पाइला राखेका छन् । फिल्मलाई दयाराम दाहालले निर्देशन गरेका हुन् । पुरुषोत्तम प्रधान, मान कृष्ण महर्जन र सिसन बाँनियाको छायाँकन रहेको फिल्ममा यम थापाको कथा, विजय घिमिरेको संगीत, बाबु थापा र शिशिर खातीको नृत्य निर्देशन रहेको छ । फिल्मका निर्माता विमलमान गुभाजु हुन् । 
 
टीजर हेर्नुहोस् :-