मिति : २०८१ वैशाख ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.60/5.00)
Text size:-
+
-

फेरि नाटकमा नम्रता श्रेष्ठ

फिल्मीखबर, काठमाण्डौ, 2017/08/29
 
नायिका नम्रता श्रेष्ठ फेरि एकपटक रंगमञ्चमा देखिने भएकी छिन् । यसअघि तीन पटक नाटकमा अभिनय गरिसकेकी नम्रता यसपटक १९३७ को चर्चित अमेरिकी नाटक 'गोल्डेन ब्वाई'को नेपाली संस्करणमा मुख्य भूमिकामा प्रस्तुत हुन लागेकी हुन् । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच नाटक 'गोल्डेन ब्वाई'को विषयमा जानकारी दिइयो । 
 
१ सेप्टेम्बर देखि १० सेप्टेम्बरसम्म त्रिपुरेश्वरको यूनाइटेड वल्र्ड ट्रेड सेन्टरमा रहेको 'कर्मा बार एन्ड लाउन्ज'मा मञ्चन हुने नाटकमा नम्रता श्रेष्ठको अपोजिटमा अमृत दाहाल देखिँदैछन् । अमृतले नाटकमा 'जोय बोनापरते'को भूमिका निर्वाहा गर्दैछन् । नाटकलाई अमेरिकी रंगकर्मी डेबोरा मेरोलाले निर्माण र निर्देशन गरेकी हुन् । वर्ष २०७१ मा उनले नेपाली मञ्चमा 'टेलिङ अ टेल', 'इन द रेड एन्ड ब्राउन वाटर' जस्ता नाटकको निर्देशन गरिसकेकी छिन् । 
 
नम्रता श्रेष्ठको प्रोडक्शन हाउस 'हाइली हाई इन्टरटेन्मेन्ट' र 'वान वल्र्ड थिएटर'को प्रस्तुतीमा मञ्चन हुन लागेको नाटकमा नम्रता र अमृतका अलावा राजकुमार पुडासैनी, दिव्य देव लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । नाटकको विषयमा जानकारी दिँदै नम्रताले भनिन्, 'मैँले फिल्म निर्माण र अभिनयबाट केही समय ब्रेक लिएर 'गोल्डेन ब्वाई' नाटक गर्न लागेकी हुँ । नाटक गर्न पाउँदा मलाई निकै खुशी लाग्छ । मैँले वर्षमा एउटा नाटक गर्ने सोच पनि बनाइरहेको छु ।' नाटकमा उनले 'लोरना मून'को भूमिका निर्वाहा गर्दैछिन् । 
 
चर्चित अमेरिकी लेखक क्लिफर्ड ओडिट्स द्धारा लिखित 'गोल्डेन ब्वाई'मा आधारित भएर १९६९ मा हलीउड फिल्म समेत निर्माण भएको थियो ।  
 
तश्वीर : मिलन ढुंगाना