Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'दीपा बिना म अधूरो' : दीपकराज, 'दीपक बिना म अपूरो' : दीपाश्री

फिल्मीखबर, काठमाण्डौ, 2017/08/29
 
कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाबीच २४ वर्षदेखि मित्रता कायम छ। साढे दुई दशकदेखिको उनीहरूको सम्बन्ध फेरिएको छैन। ‘रिल लाइफ’ मा मात्र होइन, ‘रियल लाइफ’मा पनि उनीहरू धेरै निकट छन्। अझ भनौँ, पर्दामा देखिएजस्तै साँच्चै दीपकराज–दीपा श्रीमान्–श्रीमती नै हुन् कि भन्ने धेरैमा भ्रम देखिन्छ। 
 
उनीहरू एक–अर्कालाई केयर गर्छन्, सम्मान गर्छन् र माया पनि गर्छन्। उनीहरू मान्दैनन् कि माया सिर्फ विवाहका लागि गरिन्छ। दुवैको स्पष्ट धारणा छ, ‘विवाहभन्दा माथि पनि सम्बन्ध हुन्छ। हो, हामीबीच त्यही सम्बन्ध छ।’ अर्थात् उनीहरूबीच ‘डिप लभ’ छ।
 
सोमवार राजधानीको क्यूज सिनेमा हलमा दीपाश्री निरौलाले दोस्रो पटक निर्देशन गरेको फिल्म ‘छक्का पन्जा २’ को 'झ्याम्म झ्याम्म' बोलको गीत सार्वजनिक कार्यक्रम राखिएको थियो । गीत सार्वजनिक कार्यक्रममा दीपकले 'छक्का पन्जा '२ निर्माण गर्न साथ दिने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिए । नायिकादेखि स्क्रिप्ट राईटरसम्मलाई धन्यवाद दिँदा उनले एक नाम अन्तिममा लिँदै भने, 'मैँले सबैको नाम लिएँ एउटा नाम लिनै पर्दैन नलिएपनि आउँछ । जो बिना म अधूरो छु, दीपा जी ।' दीपकराजले यति भनेपनि आफू उभिएको ठाउँबाट दीपा आइन् र अंगालो मार्दै उनको गालामा चुम्बन गरिन् । त्यसपछि कार्यक्रम हल ताली र सिट्ठीले गुञ्जियो । 
 
दीपकलाई चुम्बन गरेपछि दीपा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको काँधमा टाउको राख्दै खुबै लजाइन् । दर्शक दिर्घाबाट हुटिङ आयो 'वान्स मोर वान्स मोर' । लाजले भुतुक्कै भएकी दीपाले फेरि दीपकराजलाई गालामा किस गर्ने आँट गरिनन् । यस्तैमा दीपकराजले भने, 'मैले विरोध गरेको छैन है !' 'वान्स मोर'को हुटिङ नरोकिएपछि दीपकराजले दीपालाई हात दिँदै ताने र दीपाले पनि अफ्ठ्यारो नमान्दै पुनः उनको गालामा किस गरिन् ।  
 
भिडियो हेर्नुहोस् :-
 
 
त्यसपछि फिल्मको विषयमा जितु नेपाल, केदार घिमिरे, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का लगायतले आफ्नो विचार राखे अनि दीपाश्रीको हातमा पुग्यो माइक । दीपाले पनि सबै सहयोगी हातहरुलाई धन्यवाद दिँदै दीपकको 'पैँचो' तिर्न विर्सिइनन् । उनले पनि भनिन्, 'मेरो तन, मन र धनमै छ दीपक । उसको साथ बिना म अपूरो छु ।' त्यसपछि फेरि ताली र सिट्ठीले हल गुञ्जियो । उनी फेरि लजाइन् । 
 
कार्यक्रम चलिरहँदा चलचित्रकर्मीदेखि पत्रकारको गाइँगुइँ बहस चल्न थाल्यो, 'अब दीपक-दीपालाई पनि स्क्यान्डल मच्चाउने विभिन्न तरिका थाहा हुन थालेछ ?' 'छक्का पन्जा २' को गीत सार्वजनिक कार्यक्रममा देखिएको दीपकराज र दीपाश्रीको केमेष्ट्रीले अहिले मिडियामा पनि खुबै स्थान पाइरहेको छ ।  
 
Most Visited News (monthly)