Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.00/5.00)
Text size:-
+
-

'विवेगम'ले तोड्यो 'बाहुबली २' को रेकर्ड

एजेन्सी, मुम्बई, 2017/08/29
 
विवेक ओबेराय र साउथका सुपरस्टार अजीत कुमारको तमिल फिल्म 'विवेगम' अहिले निकै चर्चामा छ । चर्चामा रहनुको मुख्य कारण यो होकी फिल्मले 'बाहुबली २' जस्तो सुपरहिट फिल्मको रेकर्ड तोडेको छ । प्रदर्शनको चार दिनमा नै 'विवेगम'ले रेकर्डतोड कलेक्सन गरेको छ । 
 
अजीतको एक्शन फिल्मले 'बाहुबली २' को एक रेकर्ड तोडेको छ ।'बाहुबली २' ले चेन्नईमा तीन दिनमा ३.२४ करोडको विजनेश गरेको थियो । तर, 'विवेगम' ले ४.२८ करोडको विजनेश गरेको छ । 'विवेगम'ले शनिवारसम्ममा ६७.९२ करोड ग्रस कलेक्सन गरिसकेको छ । यो चेन्नईमा यस वर्षको पहिलो विकेन्डमा सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ । पहिलो हप्तामा यो फिल्मले चेन्नईबाट मात्र ५.७५ करोडको कलेक्सन गर्न सफल भयो । 
 
'विवेगम' यस वर्षको सबैभन्दा हिट सावित भैरहेको छ । यो फिल्मले प्रदर्शनको पहिलो दिन २५.८३ करोडको विजनेश गरेको थियो । 'विवेगम' तमिल सिनेमाको पहिलो इन्टरनेशनल स्पाइ थ्रिलर फिल्म हो । फिल्ममा अजीत इन्टेलिजेन्स अफिसरको भूमिकामा छन । यो फिल्मलाई शिवाले निर्देशन गरेका हुन् । फिल्ममा विवेक ओबरोय, अक्षरा हासन र काजल अग्रवालको पनि मुख्य भूमिका छ । फिल्ममा विवेक ओबेरोय भिलेन आर्यनको भूमिकामा प्रस्तुत भएका छन् । फिल्ममा अजीत कुमार र विवेकबीच लडाईको दृश्य गज्जबको छ ।
Most Visited News (monthly)