Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङको ‘मिस्टर झोले’ पोस्टर सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2017/08/28
 
'कबड्डी', 'कबड्डी कबड्डी', 'पुरानो डुंगा' फिल्मका निर्देशक रामबाबु गुरुङ निर्देशित नयाँ फिल्म ‘मिस्टर झोले’को  पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा कलाकारहरु दयाहाङ राई, दीया पुन, वर्षा राउत, वृद्धि तामाङ र प्रविन खतिवडा फिचरिङ छन् । पोस्टरमा दयाहाङको हातमा भित्ते घडी देख्न सकिन्छ । 
 
२०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म 'झोले' टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो । यो फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
 
पोस्टर सार्वजनिकसँगै फिल्मको रिलिज मिति पुष २८ गतेलाई तोकिएको छ । रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् । 
Most Visited News (monthly)