Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'टिनएज' ट्रेलर : 'केटा भनेका ट्याक्सी हुन्'

फिल्मीखबर, काठमाण्डौ, 2017/08/28
 
फिल्म 'टिनएज'को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको रिलिज डेटसँगै ट्रेलर सार्वजनिक गरियो । फिल्मको रिलिज डेट भने कात्तिक २७ गतेलाई कन्फर्म गरिएको छ । दिनेश पाख्रिङको निर्देशनमा तयार भएको यो फिल्ममा अञ्जली खड्की, नरेश वीर सिंह, सरोज शाह, प्रतिक्क्षा खड्का, कृष्ण सिवाकोटी, अजय खड्का लगायतका कलाकारहरुको मुख्य भूमिका छ । सार्वजनिक ट्रेलरमा प्रेममा आउने विभिन्न उतारचढावलाई देखाउन खोजिएको छ । 
 
ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्देशक दिनेश पाख्रिङले भने, 'फिल्म 'टिनएज'बाट हामीले प्रेम गर्न सजिलो छैन भन्ने देखाउन खोजेका छौं । निकै मिहिनेत गरेर फिल्म निर्माण गरेका कारण दर्शकलाई पनि 'टिनएज' मन पर्नेमा ढुक्क छु ।' विरु मगर र चिनीमाया वाइवा फिल्मका निर्माता हुन् भने देविका खड्का र निर्मल स्यान्ताङ 'टिनएज'का सह-निर्माता हुन् । 
 
फिल्ममा विकास चौधरी, बसन्त सापकोटाको संगीत, राजेश पायल राई, कमल खत्री, राजु गुरुङ, अञ्जु पन्त, प्रविसा अधिकारी र टिका प्रसाईको गायन, डा. हरी बराल, हरी उप्रेती र सविना केसीको शब्द र बासु न्यौपानेको छायाँकन रहेको छ । 
 

ट्रेलर हेर्नुस् :-

 

Most Visited News (monthly)