Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सर्लाहीका बाढी पीडितलाई राजेश हमालको सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2017/08/27
 
तराई मधेसका जिल्लामा अविरल वर्षापछि आएको बाढी र पहिरोबाट पीडित जनताहरुका लागि राहत सामाग्री लिएर नायक राजेश हमाल तराई झरेका छन् । आइतवार हमालले सर्लाहीको कौडेना गाँउपालिकाको शिवनगरका बाढी पीडित जनतालाई राहत सामाग्री वितरण गरे । 'फिल्मीखबर डटकम'सँग कुराकानी गर्दै 'ई मधेश राष्ट्रिय साप्ताहिक'का पत्रकार मनोज यादवले नायक राजेश हमालले ७० परिवारलाई एक बोरा चामल, एक प्याकेट तेलसँगै दाल र नुन लगायतका खाद्यन्न सामाग्री वितरण गरेको बताए । 
 
उनले भने, 'राजेश हमालको यो व्यक्तिगत सहयोग थियो । उहाँले बाढीबाट पीडित भएका शिवनगरका बासिन्दाहरुको विषयमा विभिन्न पत्रपत्रिकामा पढेपछि राहत सामग्री वितरण गर्नुभएको हो । उहाँले बाढीबाट प्रभावित भएका सर्लाहीका अन्य ५ ठाउँमा पनि खाद्यन्न सहयोग गर्ने कार्यक्रम रहेको छ ।'
 
 
विभिन्न चलचित्रकर्मीहरुले बाढी पीडितका लागि आर्थिक सहयोगदेखि खाद्यन्न, लत्ताकपडा र औषधि वितरण गरिरहेको अवस्थामा नायक हमाल भने मौन थिए । उनले तराई क्षेत्रमा बाढीले पुर्‍याएको असरले आफू दुखी भएको र यो दु:खद समयमा सबैले साथ र सहयोग गर्नुपर्ने भन्दै एक भिडियो युट्युबमा अपलोड गरेका थिए । तर, बाढी पीडितलाई कुनै सहयोग नगरेको चर्को विरोधपछि हमाल राहत सामाग्री लिएर तराई झरेका हुन् । 
 
केहीदिन अगाडि मात्र फिल्म 'प्रेमगीत २' टिमले पनि सर्लाहीका विभिन्न ठाउँहरुमा बाढीबाट प्रभावित भएका जनताका लागि राहत सामग्रीसँगै आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । बाढीले तराईका २६ जिल्ला नराम्ररी प्रभावित भएको छ । 
Most Visited News (monthly)