Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'जोनी जेन्टलम्यान'को गीत रिलिज, कस्तो देखियो पल र आँचलको केमेष्ट्री ?

फिल्मीखबर, काठमाण्डौ, 2017/08/27
 
भाद्र ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको पल शाह स्टारर फिल्म 'जोनी जेन्टलम्यान'को तेस्रो रोमान्टिक गीत रिलिज भएको छ । राजधानीमा आइतवार एक कार्यक्रमका बिच फिल्ममा समावेश 'जब जब तिम्रो साथ' बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा पल शाह र आँचल शर्मा फिचरिङ छन् । गीतमा अञ्जु पन्त र सुरेश लामाको स्वर रहेको छ भने शब्द-संगीत अर्जुन पाखरेलको सुन्न सकिन्छ । 
 
नितिन चन्दको निर्देशन र एन्ड्रियु पौडेलको निर्माणमा तयार भएको यो फिल्ममा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ । यसअघि पल र आँचलले फिल्म 'नाई नभन्नू ल ४' मा अभिनय गरेका थिए । 
 
'म यस्तो गीत गाउँछु' हिट भएपछि पल अभिनित तेस्रो फिल्म 'जोनी जेन्टलम्यान' अहिले प्रतिक्षित बनेको छ । फिल्ममा जोनीको भूमिकामा रहेका पललाई नितिनले एंग्री योङ म्यानका रूपमा देखाउन खोजेका छन् ।
 
फिल्ममा रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट छ । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह-निर्माताको रुपमा रहेका छन् । 
 
गीत हेर्नुस् :-
 
Most Visited News (monthly)