Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'हे बेबी'को सिक्वेल बन्ने

एजेन्सी, मुम्बई, 2017/08/27
 
बलीउडका सुपरस्टार अक्षय कुमारको हालैमा फिल्म 'ट्वाइलेटस् एक प्रेम कथा' रिलिज भएको छ र फिल्मलाई दर्शकहरुले खुबै मन पराएका छन् । प्रदर्शनको ८ दिनमा सय करोडको विजनेश गरेको यो फिल्मले विश्वभरबाट कूल २ सय करोडको आम्दानी गरिसकेको छ । 
 
आज हामी कुरा गर्दैछौँ अक्षय अभिनित सुपरहिट फिल्म 'हे बेबी'को विषयमा । यो फिल्म आजभन्दा १० वर्ष अगाडि प्रदर्शनमा आएको थियो । २००७ मा प्रदर्शनमा आएको यो फिल्मले सुरुवातमा राम्रो व्यापार नगरेपनि दोस्रो हप्ताबाट भने निकै राम्रो विजनेश गरेको थियो । अब खबर बाहिर आएको छ कि यो फिल्मको अहिले सिक्वेलको तयारी भैरहेको छ । 
 
फिल्मले केही दिन अगाडि आफ्नो १० वर्ष पुरा गर्‍यो । यसैको अवसरमा फिल्मका निर्देशक साजिद खानले यदी मौका मिले 'हे बेबी'को सिक्वेल निर्माण गर्ने जानकारी दिएका छन् । 'हे बेबी'को सिक्वेल भने एक जवान छोरी र उसको पिताबीचको कहानीमा निर्माण हुनेछ । 'हे बेबी'मा अक्षय कुमार, फरदीन खान र रितेश देशमुख मुख्य भूमिकामा थिए ।
 
Most Visited News (monthly)