Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

छोरालाई बलीउडमा डेब्यू गराउँदै करीना

फिल्मीखबर, काठमाण्डौ, 2017/08/26
 
बलीउड अभिनेत्री करीना कपूर खान र सैफ अली खानका छोरा तैमूर अली खान सेलिब्रेटी किड्समा सबैभन्दा क्यूट छन् । जन्मदेखि अहिलेसम्म तैमूर खबरको हिस्सा बनिहेका छन् । तैमूरसँग जोडिएको अहिलेसम्मकै रोचक कुरा बाहिरिएको छ । त्यो हो करीना कपूरका छोरा तैमूरले बलीउड फिल्ममा डेब्यू गर्दैछन् । 
 
मुम्बई मिररको खबरलाई आधार मान्ने हो भने करीनाको कमब्याक फिल्म 'वीरे दी वेडिङ'मा तैमूर देखिन सक्छन् । सुत्रको खबरलाई उद्धित गर्दै मुम्बई मिररले लेखेको छ, तैमूरको एक सट् फिल्ममा हुनेछ । यसका लागि अहिले स्क्रिप्टको काम चलिरहेको छ । 
 
फिल्मको छायाँकन सुरु भैसकेको छ भने यसका लागि अहिले करीना जिममा खुबै पसीना बगाइरहेकी छिन् । 'वीरे दी वेडिङ'को टीमले स्क्रिप्टमा केही परिवर्तन गर्दै करीनाको प्रेग्नेन्सीलाई पनि स्क्रिप्टमा समावेश गरेको छ र यसैकारण तैमूर यो फिल्ममा देखिँदैछन् । 
 
फिल्ममा करीनाको प्रेमीको भूमिका सुमितले निर्वाहा गर्नेछन् । चार साथीको जिन्दगीमा आधारित यो फिल्ममा करीनाका अलावा सुमित व्यास, सोनम कपूर, स्वरा भास्कर र शिखा तलसानिया पनि मुख्य भूमिकामा देखिँदैछन् । फिल्मका निर्देशक शशांक घोष हुन् ।
 
Most Visited News (monthly)