Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'फाटेको जुत्ता'को 'आई एम सरी' गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2017/08/25
 
कात्तिक १७ गते प्रदर्शनमा आउन लागेको फिल्म 'फाटेको जुत्ता'को पहिलो गीत सार्वजनिक भएको छ । 'आई एम सरी...' बोलको गीतमा सौगात मल्ल र प्रियंका कार्की फिचरिङ छन् । गीतमा सौगात मल्ललाई बलीउड स्टार सलमान खानको शैलीमा उतारिएको छ । 
 
गीतमा प्रवेश मल्लिकको स्वर, शब्द र संगीत छ । निरज कँडेलले खिचेको गीतमा राजीव समरको कोरियोग्राफी रहेको छ । अर्जुन कुमार फिल्मसको व्यानरमा तयार भएको 'फाटेको जुत्ता'लाई अर्जुन कुमारले निर्माण गरेका हुन् । 
 
फिल्ममा प्रियंका र सौगातका अलावा वुद्धि तामाङ, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको अभिनय छ । 'फाटेको जुत्ता'मा अष्ट महर्जनको एक्सन, दिर्घ खड्काको सम्पादन र निरोज महर्जनको लेखन छ । कमेडी जनराको यस फिल्ममा निकेश खड्काको निर्देशन छ ।
 
गीत हेर्नुस् :-
 
Most Visited News (monthly)