Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगात, दयाहाङ् र विपिनमा को उत्कृष्ट ?

फिल्मीखबर, काठमाण्डौ, 2017/08/25
 
अमेरिकाको टेक्सासको डालसमा डि.ए.बि.एस. इन्टरटेन्टमेन्ट टेक्सास, डालस र नेपाल चलचित्र संघसँगको सहकार्यमा २०१७ सेप्टेम्बर १७ तारिखका दिन आयोजना हुन लागेको 'नेम्पा फिल्म अवार्ड २०१७ अमेरिका' को उत्कृष्ट तीन मनोनयन सार्वजनिक भएको छ । 
 
अवार्डमा १८ विधा समेटिएका छन् । गतवर्ष सर्वाधिक कमाइको रेकर्ड राख्न सफल ‘छक्का पञ्जा’ मनोनयनमा पनि १० विधामा पर्दै अवार्डमा दबदबा कायम राखेको छ । दीपाश्री निरौला निर्देशित उक्त फिल्म उत्कृष्ट फिल्मसहित निर्देशक, अभिनेत्री, सहअभिनेत्री, हास्यकलाकार, लेखक, सम्पादक, छायाँकार, गायिका र संगीतकार विधामा मनोनीत भएको छ । 
 
हास्यकलाकार विधामा भने उक्त फिल्मबाट दुई–दुई कलाकार परेका छन् ।  उत्कृष्ट नायकको मनोनयनमा लुकामारीबाट सौगात मल्ल, वीर विक्रमबाट दयाहाङ् राइ र जात्राबाट विपिन कार्की परेका छन् भने छक्का पन्जाबाट प्रियंका कार्की, लभ साशाबाट केकी अधिकारी र डाइङ् क्यान्डलबाट श्रृजना सुब्बा उत्कृष्ट नायिकाको मनोनयनमा परेका छन् । 
 
 
को-को परे 'नेम्पा फिल्म अवार्ड २०१७' को उत्कृष्ट तीन मनोनयनमा ? 
 
१. उत्कृष्ट नृत्य निर्देशक
रामजी लामिछाने, चलचित्र तीन घुम्ती,   (फूल झैँ नरम......)
विक्रम स्वार, चलचित्र लूट २,           (ठमेल बजार.......)
कविराज गहतराज, चलचित्र राधा  (छपक्कै फूल......)
 
२. उत्कृष्ट संगीतकार
सुरेश गैरे, चलचित्र शब्द  (हरपल रुवाउँछ.......)
बसन्त सापकोटा, चलचित्र हाउ फन्नी (शिर मै शिर विन्दु.......)
राजनराज शिवाकोटी, छक्का पञ्जा  (पूर्व पश्चिम...............)
 
३. उत्कृष्ट गायिका
मीना निरौला,  चलचित्र लूट २ (ठमेल बजार.........)
मिलन अमात्य, चलचित्र हाउ फन्नी (यो के हो............)
अञ्जु पन्त, चलचित्र छक्का पञ्जा, (पूर्व पश्चिमंं.......)
 
४. उत्कृष्ट गायक
स्वरुपराज आचार्य, चलचित्र शब्द, (हरपल रुवाउँछ......)
युवराज चौलागाईँ, चलचित्र पलास, (तिमी साथ........)
कालीप्रसाद बास्कोटा, चलचित्र पुरानो डुङ्गा (निर जैले.........)
 
५.  उत्कृष्ट गीतकार
सुरेश प्राञ्जल,  चलचित्र बाटो मुनिको फूल २, (नरुने आँखा........)
दयाराम पाण्डे, चलचित्र पलास (तिमी साथ हुँदा........)
डा. कृष्णहरि बराल,  चलचित्र शब्द, (हरपल रुवाउँछ.....)
 
६. उत्कृष्ट छायाँकार
शैलेन्द्र डी कार्की, चलचित्र पुरानो डुङ्गा
पुरुषोत्तम प्रधान, चलचित्र छक्का पञ्जा
पुरुषोत्तम प्रधान, चलचित्र लूट २
 
७. उत्कृष्ट सम्पादक
निमेश श्रेष्ठ, चलचित्र पुरानो डुङ्गा
सुरेन्द्र पौडेल, चलचित्र लूट २
विपिन मल्ल, चलचित्र छक्का पञ्जा
 
८.  उत्कृष्ट लेखक
रामबावु गुरुङ्ग, चलचित्र पुरानो डुङ्गा
प्रदीप भट्टराई, चलचित्र जात्रा
दीपकराज गिरी, चलचित्र छक्का पञ्जा
 
९.  उत्कृष्ट हास्य कलाकार
विपिन कार्की, चलचित्र लूट २
बुद्धि तामाङ्ग, चलचित्र छक्का पञ्जा
केदार घिमिरे, चलचित्र छक्का पञ्जा
 
१०. उत्कृष्ट खलनायक
सौगात मल्ल, चलचित्र लूट २
अनुप विक्रम शाही, चलचित्र किङ्ग
अर्पण थापा, चलचित्र बाटो मुनिको फूल २
 
११. उत्कृष्ट नव-अभिनेत्री
मरिस्का पोखरेल, चलचित्र के म तिम्रो होइन र
नम्रता श्रेष्ठ, चलचित्र गाँठो
श्रृष्टी श्रेष्ठ, चलचित्र गाजलु
 
१२. उत्कृष्ट नव-अभिनेता
सञ्जय गुप्ता, चलचित्र सफर
आर्यन अधिकारी, चलचित्र के म तिम्रो होइन र
आयुषमान देशराज जोशी, चलचित्र चपली हाइट २
 
१३.  उत्कृष्ट सह-अभिनेत्री
मेनुका प्रधान, चलचित्र पुरानो डुङ्गा
वर्षा राउत, चलचित्र छक्का पञ्जा
रीमा विश्वकर्मा, चलचित्र बाटो मुनिको फूल २
 
१४.  उत्कृष्ट सह-अभिनेता
माओत्से गुरुङ्ग, चलचित्र पुरानो डुङ्गा
रवीन्द्र झा, चलचित्र जात्रा
सौगात मल्ल, चलचित्र डाइङ् क्यान्डल
 
१५.  उत्कृष्ट अभिनेत्री
प्रियंका कार्की, चलचित्र छक्का पञ्जा
केकी अधिकारी, चलचित्र लभ सासा     
श्रृजना सुब्बा, चलचित्र डाइङ् क्यान्डल
 
१६.  उत्कृष्ट अभिनेता
सौगात मल्ल, चलचित्र लुकामारी
दयाहाङ्ग राई, चलचित्र बीरविक्रम
विपिन कार्की, चलचित्र जात्रा
 
१७.  उत्कृष्ट निर्देशक
दीपाश्री निरौला, चलचित्र छक्का पञ्जा
रामबाबु गुरुङ्ग चलचित्र पुरानो डुङ्गा
प्रदीप भट्टराई, चलचित्र जात्रा
      
१८.  उत्कृष्ट चलचित्र
पुरानो डुङ्गा
जात्रा
छक्का पञ्जा 
Most Visited News (monthly)