मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अक्षयको फिल्मले कमायो २ सय करोड

एजेन्सी, मुम्बई, 2017/08/25
 
बलीउड एक्टर अक्षय कुमार र भूमि पेडनेकरको फिल्म 'ट्वाइटेल : एक प्रेम कथा'ले अहिले बक्स अफिसमा उधूम मच्चाएको छ । भारतसँगै फिल्मको विदेशमा पनि उतिक्कै आक्रामक टिकट विक्रि भएको छ । भारतीय मिडियामा आएको खबर अनुसार, फिल्मले विश्वभरबाट दुईसय करोडको विजनेश गरेको छ । यो फिल्मले भारतबाट मात्र हालसम्ममा १ सय २० करोडको विजनेश गरेको छ । 
 
एयर लिफ्ट, रुस्तम, राउडी राठोर, होलीडे, जोली एलएवी – २, हाउसफूल २ र हाउसफूल ३ का अलावा फिल्म 'ट्वाइटेल : एक प्रेम कथा' अक्षय कुमार को आठौँ फिल्म बनेको छ, जुन सय करोड क्लबको खातामा दर्ता भएका छन् ।  
 
यो फिल्म प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत अभियानमा बनेको हो । ‘ट्वाईलेट : एक प्रेम कथा’लाई नारायण सिंहले निर्देशन गरेका हुन् । अक्षय कुमार, भूमि पेडनेकर, अनुपम खेर, सना खान लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको फिल्मको कथा र पटकथा सिद्धार्थ-गरिमाले लेखेका हुन् ।