.jpg)
साउन १३ गतेबाट प्रदर्शनमा आएको वर्षको हिट फिल्म 'प्रेमगीत २' ले बाढीबाट प्रभावित भएका सर्लाहीका जनताका लागि राहत रकमसँगै खाद्यान्न सामग्री हस्तान्तण गरेको छ । फिल्मका नायक प्रदीप खड्का, नायिका अश्लेषा ठकुरी र निर्माता सन्तोष सेनले संयूक्त रुपमा बिहीवार सर्लाहीको रामपुर युनाईटेड युवा क्लबलाई नगद ४ लाख र ४ लाख बराबरको खाद्य सामग्री हस्तान्तरण गर्यो ।
क्लबका अध्यक्ष भेष बहादुर पुलमीलाई 'प्रेमगीत २' टिमले सहयोग हस्तान्तरण गरेको हो । निर्माता सन्तोष सेनले 'फिल्मीखबर डटकम'सँग कुराकानी गर्दै आवश्यक अध्यन र अनुसन्धान गरि सर्लाही जिल्लाका बाढीबाट अति प्रभावित गाउँका जनताहरुलाई राहत सामाग्री र आर्थिक सहयोग गरेको बताए । उनले भने, 'आज शुक्रवार सर्लाहीको मानपुर गाउँमा हामी आफैँ गएर राहत वितरण गर्दैछौं । क्लबमार्फत हिजो हामीले नगद ४ लाख र खाद्यन्न ४ गरि ८ लाख बराबरको सहयोग हस्तान्तरण गर्यौं । आजभने हामी फिल्डमा नै जाँदैछौं ।'
.jpg)
'प्रेमगीत २' ले प्रदर्शनको चौँथो हप्ताको पहिलो र दोस्रो दिनको व्यापारसँगै कलाकार, निर्देशक र निर्माताबाट आर्थिक संकलन गरेर बाढी पीडितका लागि सहयोग गर्ने निर्माता सन्तोष सेनले घोषणा गरेका थिए । फिल्म 'प्रेमगीत २' ५१ दिन मनाउने तरखरमा छ ।

