Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

फेरिएको अनमोल लुक्स !

फिल्मीखबर, काठमाण्डौ, 2017/08/24
 
चार फिल्म लगातार सुपरहिट दिएका युवा स्टार नायक अनमोल केसी अहिले नयाँ फिल्म 'कृ'को काममा व्यस्त छन् । चार फिल्मसम्म आफ्नो क्यूटनेस मात्र बेचेर स्टार बनेको आलोचना खेपेका अनमोलले 'कृ'मा भने खुबै मिहिनेत गरेका छन् । त्यो फिल्म 'कृ'को फस्टलुक पोस्टरमा पनि देख्न सकिन्छ । २० लाख पारिश्रमिक लिएर नेपालका सर्वाधिक महँगा नायक बनेका अनमोलले यो फिल्मका लागि सिक्सप्याक मात्र बनाएनन् कपाल बढाउनदेखि आफ्नो तश्वीर झण्डै एक वर्षसम्म फेसबुकमा समेत अपलोड गरेनन् । 
 
 
अनमोलले यस्तो त्याग पहिलो पटक फिल्म 'कृ'का लागि गरेका हुन् । पटक-पटक रिलिज मिति घोषणा गरेरपनि प्रदर्शनमा आउन नसकेको फिल्म 'कृ'को अझै केही प्रतिशत छायाँकन बाँकी छ । तर, अनमोल भने अहिले अमेरिकामा छन् । अमेरिकामा आयोजना भएको 'दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्ड'मा गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'गाजलु'बाट उत्कृष्ट नायकको अवार्ड उचालेका अनमोलले 'कृ'का लागि पालेको लामो कपाल, दाह्री, जुँगा अहिले काटिसकेका छन् । 
 
 
'दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्ड'मा सहभागी हुने क्रममा खिचिएका केही तश्वीरहरु 'फिल्मीखबर डटकम'लाई प्राप्त भएको छ । तश्वीरमा उनी सेतो सर्ट, कालो पाइन्ट र कालै कोटमा ठाटिएका छन् । तश्वीरमा अनमोल गज्जबकै ह्याण्डसम देखिएका छन् । 'कृ' फस्टलुकमा देखिएको अनमोलको लुक्स र अहिलेको लुक्स नै परिवर्तित छ । यो फिल्ममा अनमोलले नव-नायिका आदिती बुढाथोकीसँग रोमान्स गरेका छन् ।
 
Most Visited News (monthly)