
फिल्म निर्देशक संजय लीला भंसाली आफ्नो नयाँ फिल्म 'पद्मावती'को तयारीमा जुटेका छन् । यो फिल्ममा अभिनेत्री दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूर मुख्य भूमिकामा छन् । फिल्ममा दीपिका रानी पद्मावतीको भूमिकामा देखिँदैछिन्, जबकि रणवीर सिंहको भूमिका अलाउद्दीन खिलजीको छ भने शाहिद कपूर पद्मावतीको पति राजा रतन सिंहको भूमिका निर्वाहा गर्दैछन् । तर, सलमान खान र ऐश्वर्या रायको बिचमा सबै कुरा ठिक भएको भए यो फिल्म निकै वर्ष पहिला निर्माण हुन्थ्यो र दीपिका रानी पद्मावतीको भूमिकामा पनि हुने थिइनन् ।
मीडिया रिपोर्ट्सका अनुसार, संजय लीला भंसाली आफ्नो पीरियड फिल्म 'पद्मावती' वर्षौ पहिले सलमान खान र ऐश्वर्या राय बच्चनलाई मुख्य भूमिकामा लिएर बनाउने तयारीमा थिए । यी दुईले 'पद्मावती'मा सँगै काम गर्ने सहमती पनि भएको थियो तर अन्तिम समयमा भंसालीको अगाडि ऐश्वर्याले एउटा निकै मुश्किल शर्त राखिन्, जसले सबै खेल चौपट भयो ।
जतिबेला भंसाली 'पद्मावती' बनाउने तयारीमा थिए, त्यसैबखत सलमान र ऐश्वर्याको सम्बन्धमा दरार उत्पन्न हुन थालेको थियो र ऐश्वर्याले भंसालीको अगाडि एक शर्त राखिन् । उनले भंसालीलाई भनिन्, 'म सलमानसँग एक शर्तमा मात्र काम गर्न तयार छु । यदी फिल्ममा सलमान अलाउद्दीन खिलजीको भूमिका निर्वाहा गर्न तयार छन् भने ।' यसको मतलब फिल्ममा सलमान भिलेन बने ऐश्वर्या 'पद्मावती' गर्न राजी थिइन् तर यो शर्त मान्न सलमान राजी भएनन् । यसैकारण सलमान र ऐश्वर्या 'पद्मावती'मा जोडी बन्न सकेनन् ।

