Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

'२ रुपैयाँ'को गीतमा लाउरेको र्‍याप

फिल्मीखबर, काठमाण्डौ, 2017/08/24
 
भाद्र २३ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्म '२ रुपैयाँ'को अहिले सिनेवृतमा राम्रै चर्चा छ । फिल्ममा समावेश 'कुटुमा कुटु' बोलको गीतका कारण पनि चर्चा रहेको फिल्म '२ रुपैयाँ'को ट्रेलर र 'टल्क्यो जावनी' बालको गीत पनि सार्वजनिक भैसकेको छ । हालैमा फिल्मका लागि ओएसटी गीतको छायांकन गरिएको छ ।
 
 
बुधवार ललितपुरमा सेट लगाएर र्‍यापर लाउरे र एड्रेले फिल्मका लागि र्‍याप गीत गाए । छायांकन गरिएको भिडियोमा लाउरे, एड्रेसँगै फिल्मका मुख्य कलाकार द्धय निश्चल बस्नेत र आशिफ शाहलाई पनि देख्न सकिनेछ । फिल्ममा निश्चलले 'जुरेली' र अशिफले 'दाह्री'को भूमिका निर्वाहा गरेका छन् ।  
 
 
ए जि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको यो फिल्ममा निश्चल र आशिफसहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन् ।
 
भिडियो हेर्नूस् :-
 
Most Visited News (monthly)