Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सञ्चिताको ‘लिला’ ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2017/08/23
 
भाद्र ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नायिका सञ्चिता लुईटेल अभिनित फिल्म ‘लिला’को ट्रेलर रिलिज भएको छ । ‘साँच्चै विशेष छौ’ र ‘ढाकाकै चोलीमा’ बोलका दुई गीत सार्वजनिक भैसकेको फिल्म ‘लिला’को बुधवार राजधानीमा एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेम, एक्सन, हाँसो र रोदनको मिश्रण छ ।
 
सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको फिल्म ‘लिला’ निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् । सिपी पौडेल फिल्मका कार्यकारी निर्माता हुन् । लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको फिल्मको लेखन निर्माता लक्ष्मण बस्नेतले नै गरेका हुन् ।
 
फिल्मको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्देशक कोइरालाले ‘लिला’ सस्पेन्स थ्रिलर लभ स्टोरीमा आधारित रहेको बताए । उनले भने, ‘‘लिला’मा हामीले निकै मिहिनेत गरेका छौं । फरक कथावस्तुमा फिल्म निर्माण भएका कारण दर्शकहरुले रुचाउनुहुन्छ भन्नेमा विश्वस्त छु ।’ 
 
फिल्ममा मलिना जोशी, राज कटुवाल, सञ्चिता लुइटेल, ध्रव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ । 
 
‘लिला’ को ट्रेलर हेर्नुस् :-