Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

यी हुन् ‘ए मेरो हजुर २’ का ८ हिट संवाद

फिल्मीखबर, काठमाण्डौ, 2017/08/23
 
भाद्र १६ गतेदेखि प्रदर्शनमा आउने नायिका झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर २’ बहुप्रतिक्षित बनिरहेको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बाँनिया, सलोन बस्नेत लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको फिल्मको रोमान्टिक गीत र ट्रेलरले यतिबेला फिल्मको थप चर्चा चुलिएको छ । 
 
यो सँगै ट्रेलरमा समावेश केही संवादहरुले भने फिल्मप्रति दर्शकको थप ध्यान आकृष्ट गरिरहेको छ । हामीले ‘ए मेरो हजुर २’ ट्रेलरमा समावेश ८ रमाईला हिट संवादहरुलाई यहाँ प्रस्तुत गरेका छौं :
 
१. आफू त सानो मान्छे ठूलो सोच, लभ गरिन्छ फूल डोज । 
 
२. प्रेम पहिला प्रेम गर अनि थाहा हुन्छ ब्रेकअप हुँदा कस्तो हुन्छ ! 
 
३. तिमीले त कस्तो मज्जाले चाट्दो रैछौं म पनि चाट्छु नी त त्यो ल ?
 
४. प्रेमको आभाष हो तिमी, पल पलको मेरो सास हो तिमी, जिउने एकमात्र आश हो तिमी, त्यसैले त खास छौ तिमी । 
 
५. जसलाई हामी धेरै माया गर्छौँ नी उसको हरेक कुराको आभाष हुन्छ । 
 
६. म उसलाई कसरी रुवाउन सक्छु, जसलाई मैले भगवानसँग रोएर मागेको छु । 
 
७. चोट दिनेपनि रुने चोट लिनेपनि रुने, यसैलाई त भनिन्छ माया । 
 
८. आफूले मन पराएको मान्छे गएर सुख पाउँछ भने उसलाई जान दिनु पर्छ । 
 
फिल्मको ट्रेलरमा समावेश यी ८ संवादहरु अहिले दर्शकहरुको जिब्रोमा राम्रै झुण्डिरहेको छ । यी संवादहरुले गर्दापनि दर्शकहरुको संख्या हलसम्म बढ्नेमा निर्माणपक्ष विश्वस्त देखिएको छ । फिल्ममा समावेश 'कसम हो', 'किनीदेउ न साइला दाई' र 'उकालीमा जाँदा जाँदै' बोलका गीतहरु अहिले निकै चर्चामा छन् । 
 
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको यो फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्। 
 
‘ए मेरो हजुर २’ को ट्रेलर हेर्नूस् :
 

Most Visited News (monthly)