
अभिनेता चिरन्जीवी हिजोबाट ६२ वर्षका भएका छन् । उनको जन्म २२ अगस्ट १९५५ मा भएको थियो । चिरन्जीवीले साउथ इन्डियन फिल्मसँगै बलीउडमा समेत आफ्नो पाइला राखिसकेका छन् । उनको फिल्ममा दमदार एक्सन रहन्छ भने रोमान्सको पनि फरक अन्दाज देख्न सकिन्छ । रजनीकान्तपछि चिरन्जीवी मात्र यस्ता अभिनेता हुन्, जसलाई दर्शकहरुले अत्याधिक रुचाएका छन् ।
चिरन्जीवी नामबाट चर्चित यी अभिनेताको वास्तविक नाम कोनिदेला शिव शंकर वरा प्रसाद हो, तर फिल्ममा इन्ट्रीपछि उनले आफ्नो नाम परिवर्तन गरेर चिरन्जीवी राखे । ९० को दशकमा चिरन्जीवी भारतका सबैभन्दा बढी पारिश्रमिक लिने स्टार्स मध्येका एक हुन् । एक पटक उनले यो मामलामा बलीउड स्टार अमिताभ बच्चनलाई समेत पछाडि छाडेका थिए ।
प्राप्त जानकारी अनुसार, अमिताभ बच्चन आगामी बहुभाषी ऐतिहासिक फिल्म 'उय्यलावडा नरसिम्हा रेड्डी'मा चिरन्जीवीसँग एकसाथ स्क्रिन शेयर गर्दैछन् । यो फिल्म कुरनूलका लोकप्रिय स्वतन्त्रता सेनानीको जीवनमाथि आधारित रहनेछ । सुरेन्द्र रेड्डी द्वारा निर्देशित र राम चरण द्वारा निर्मित फिल्म १५० करोडको बजेटमा निर्माण हुँदैछ । यो तेलुगू, हिन्दी र कन्नड भाषामा निर्माण गरिदैछ ।

