Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ब्रेकअप’ मा आशिरमानको जोडी शिल्पा

फिल्मीखबर, काठमाण्डौ, 2017/08/23
 
गएको वर्ष प्रदर्शनमा आएको अनमोल केसी र श्रृष्टि श्रेष्ठ अभिनित फिल्म 'गाजुल' निर्माण गरेका निर्माता रोहित अधिकारीले आफ्नो नयाँ फिल्म ‘ब्रेकअप’का लागि नायिका फाइनल गरेका छन् । नायकमा आशिरमान देशराज श्रेष्ठलाई महँगो पारिश्रमिकमा फाइनल गरेपनि केही महिनादेखि निर्माता अधिकारी नायिकाको खोजीमा थिए । 
 
हेमराज वीसीले निर्देशन गर्न लागेको यो फिल्ममा नायक आशिरमानको जोडीको रुपमा नव–नायिका शिल्पा मास्केलाइ फाइनल गरिएको निर्माता अधिकारीले जानकारी दिए । शिल्पाले हलिउड फिल्म 'डक्टर स्ट्रेन्ज'मा समेत काम गरेकी छिन् । शिल्पाले 'ब्रेकअप'बाट भने नेपाली फिल्ममा पाइला राख्न लागेकी हुन् । 
 
रोहितका अनुसार, शिल्पासँग फिल्ममा काम गर्नेबारे संझौता भैसकेको छ । निर्माता अधिकारीले भने–‘गाजलु’ पछि दर्शकले हामीबाट निकै राम्रो फिल्मको अपेक्षा गर्नुभएको छ । ‘ब्रेकअप’ निर्माणमा कुनै कमजोरी हुन दिदैनौ ।’ फिल्मलाई नेपालका रमणिय स्थानसहित लण्डनमा छायांकन गरिने निर्माणपक्षले बताएको छ ।
 
 
रोहित अधिकारी फिल्मस् र ह्याप्पी प्लानेट फिल्मस्को प्रस्तुतीमा बन्न लागेको फिल्ममा रोहित अधिकारी, रुपक थापा, दिपक खतिवडाको लगानी रहनेछ । फिल्मको छायाँकन भदौको अन्तिमबाट गरिने बताइएको छ । लभ स्टोरी कथामा निर्माण हुन लागेको यो फिल्मलाइ यसैबर्ष प्रदर्शन गर्ने रोहितको भनाइ छ । 
Most Visited News (monthly)