.jpg)
मंगलवार नायिका रेखा थापाले ३६ औं जन्मदिनको केक काटिन् । जन्मदिनको साँझ रेखाले आफ्ना नजिकका आफन्त, साथी भाई र सञ्चारकर्मीसँग खुसीयाली साट्दै जन्मदिनको केक काटेकी हुन् । रेखाको जन्मदिनमा उनकी आमा, नृत्य निर्देशक गोविन्द राई, नायक आर्यन अधिकारी, नायिका सुस्मा कार्की, निर्देशक सम्झना रौनियार, निर्माता निकिता पौडेल, आर्यन पत्नी सपना भण्डारी लगायत उपस्थित थिए ।
.jpg)
८ वर्षसम्म पानीबाराबार रहेको सम्बन्ध फिल्म 'रुद्रप्रिया'बाट संग्लो बनाएका रेखा र आर्यन अहिले निकै नजिक बनेका छन् । 'बर्थ डे'मा आर्यनले जन्मदिनको शुभकामना दिँदै रेखा राम्रो मान्छे भन्दै तारिफ गरे । 'बर्थ डे' सेलिव्रेशनमा पनि रेखा र आर्यनको मित्रता गज्जबको देखिन्थ्यो । रेखाको 'बर्थ डे'मा आर्यन आफ्नी श्रीमतिसँग पुगेका थिए ।
.jpg)
आर्यन आफ्नी श्रीमति सपनालाई लिएर खासै सार्वजनिक कार्यक्रम वा मिडियाको क्यामेरा अगाडि पर्न चाहन्नन् । रेखा थापाको 'बर्थ डे' सेलिव्रेशनमा भने आर्यनले 'फिल्मीखबर डटकम'का लागि श्रीमति सपनाको हात समात्दै पोज-पोजका तश्वीर खिचाए । झण्डै ४ वर्षसम्म प्रेम सम्बन्धमा रहेपछि आर्यन र सपनाले २०७१ मा विवाह गरेका थिए ।
.jpg)
तश्वीर : विवेक बस्याल

