Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ वरुणको 'जुडवा २' ट्रेलर

एजेन्सी, मुम्बई, 2017/08/22
 
अभिनेता वरूण धवनको कमेडी फिल्म 'जुडवा २' को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म वर्ष १९९७ मा प्रदर्शनमा आएको बलीउड स्टार सलमान खान, करिश्मा कपूर र रम्भा अभिनीत फिल्म ‘जुडवा’ को सिक्वेल हो । 
 
फिल्ममा वरुण राजा र प्रेम नामको दुई भूमिकामा देखिनेछन् । ट्रेलरभन्दा अगाडि सार्वजनिक भएको पोस्टरमा पनि उनको दुई अवतार देखिएको थियो ।  यी दुईको चारित्रिक विशेषता विपरीत देखिन्छ । एक सिधासाधा छन् भने अर्का उट्पट्याङ । एउटा कमजोर देखिन्छन् भने अर्का बलिया र फुर्तिला । 
 
यो फिल्ममा अनुपम खेर, ज्याकलिन फर्नान्डीस, तापसी पन्नू मुख्य भूमिका छन् । यो फिल्म २९ सेप्टेम्बरबाट प्रदर्शनमा आउँदैछ । ट्रेलरमा तापसी पन्नूको निकै हट अवतार देख्न सकिन्छ । ज्याकलीनको पनि बोल्ड अन्दाज कोहि भन्दा कम छैन । यस अघि सलमानको ‘जुडवा’ र यसको सिक्वेल ‘जुडवा–२’ लाई साजिद नाडियाडवालाले निर्माण गरेका हुन् । 
 
ट्रेलर हेर्नुस् :-
 

Most Visited News (monthly)