Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.25/5.00)
Text size:-
+
-

पल र आँचलको 'जोनी जेन्टलम्यान' ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2017/08/21
 
भाद्र ३० गतेलाई रिलिज कन्फर्म गरिएको नायक पल शाह र नायिका आँचल शर्मा स्टारर फिल्म 'जोनी जेन्टलम्यान'को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा प्रेम, एक्सन, हाँसो र रोदनको मिश्रण छ । ट्रेलरमा पलको एंग्री लुक्स पनि देख्न सकिन्छ । 'म यस्तो गीत गाउँछु' हिट भएपछि पल अभिनित तेस्रो फिल्म 'जोनी जेन्टलम्यान' प्रतिक्षित बनेको छ । 
 
नितिन चन्दको निर्देशनमा तयार भएको यो फिल्ममा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ । यसअघि पल र आँचलले फिल्म 'नाई नभन्नू ल ४' मा अभिनय गरेका थिए । एन्ड्रियु पौडेलको निर्माण रहेको फिल्ममा पल शाह जोनीको भूमिकामा छन् । 
 
फिल्ममा रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट छ । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह-निर्माताको रुपमा रहेका छन् । 
 
ट्रेलर हेर्नुस् :-
 

Most Visited News (monthly)