Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कसको यादमा तड्पिए 'रोमियो' ?

फिल्मीखबर, काठमाण्डौ, 2017/08/21
 
कात्तिक १७ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्म 'रोमियो'को लिरिकल गीत सार्वजनिक भएको छ । 'तिम्रो यादमा' बोलको गीतमा कुर्वान अली खान र अमृता लिम्बुको शब्द, संगीत र स्वर सुन्न सकिन्छ । सार्वजनिक लिरिकल भिडियो गीतमा फिल्मका केही चल र अचल दृश्यहरु पनि समावेश गरिएको छ । लिरिकल गीतको भिडियो भने चाँडै सार्वजनिक गर्ने फिल्मका निर्माता तथा नायक हसनराजा खानले जानकारी दिए । 
 
फिल्ममा हसनराजा खानसँगै निशा अधिकारी, ओसिमा बानु र मेलिना मानन्धर मुख्य भूमिकामा रहेका छन् । एचआरके प्रोडक्सनको ब्यानरमा हसनराजाले निर्माण गरेको फिल्ममा रामेश्वर कार्कीको छायांकन र किरण घिमिरे ‘माइकल’ ले कथा लेखेका हुन् । 
 
सुरेन्द्र पौडेलको सम्पादन रहेको फिल्ममा अष्ट महर्जनको एक्सन, गम्भीर विष्ट र विपेन गुरुङको कोरियोग्राफी रहेको छ । फिल्मको ‘ल्याङ ल्याङ’ बोलको गीतको अडियो हिट भैसकेको छ ।  फिल्मलाई शंकर कार्कीले निर्देशन गरेका हुन् । 
 
'तिम्रो यादमा' बोलको लिरिकल गीत सुन्नुहोस् :-
 
Most Visited News (monthly)