Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनुपविक्रम शाही : फ्लप फिल्मका हिट हिरो

फिल्मीखबर, काठमाण्डौ, 2017/08/21
 
'ह्यान्डसम भिलेन'को उपनामले चिनिन्छन्, अनुपविक्रम शाही । तर, अनुप नायकको रुपमा पनि फिल्ममा जमिरहेका छन् । 'ठमेल डटकम', 'मेरो माया तिमीलाई', 'किंग', 'हाऊ फन्नी', 'हँसिया', 'वीर विक्रम' लगायतका फिल्महरुमा काम गरिसकेका नायक अनुपविक्रम शाही अभिनित नयाँ फिल्म 'कमलेको बिहे' संभवत यसै वर्ष प्रदर्शनमा आउँदैछ । 
 
अनुपविक्रम शाहीले अभिनय गरेका प्राय: फिल्महरु असफल छन् तर उनी भने सधै हिट । आकर्षक शरीर, लोभलाग्दो उचाई र चकलेटी अनुहारले अहिले अनुपविक्रम शाही व्यस्त नायक बनेका छन् । अहिले उनको हातमा फिल्मको कमी छैन । 'कमलेको बिहे'सँगै उनी अभिनित फिल्म 'रानी' र 'जालो रिर्टन्स' पनि प्रदर्शनको तयारीमा छन् । अहिले उनीसँग 'विरांगना', 'कृ', 'हुर्रे', 'निसाफ' लगायतका झण्डै आधा दर्जन फिल्म हातमा छन् । कुनै फिल्ममा भिलेन त कुनैमा अनुपले नायककै भूमिका निर्वाहा गरेका छन् । 'कृ'मा उनी भिलेनको भूमिकामा देखिँदैछन् । 
 
नायकको रुपमा पर्दामा खासै जम्न नसकेका अनुपको भिलेन रुपलाई दर्शकहरुले खुबै रुचाएका छन् । उनलाई पर्दाका 'ह्यान्डसम भिलेन' भनेर चिन्ने गरिन्छ । पछिल्लो समय अनुपलाई एउटा आरोप पनि खुबै लागिरहेको छ, उनी गुणस्तरमा भन्दापनि संख्या बढाउन फिल्ममा काम गरिरहेका छन् । लगातार फिल्म फल्प भएरपनि हातमा एउटा फिल्म नछुट्नुले चाहि अब अनुप आफूलाई स्टार नायकको भिडमा उभ्याउने दौडमा देखिन्छन् । 
Most Visited News (monthly)