Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिपोराले देखाइन् संभावना

फिल्मीखबर, काठमाण्डौ, 2017/08/21
 
हुन त भलिबल खेलेरै सिपोरा गुरुङको नाम चम्किएको हो। राम्रो सट हानेर बेस्ट स्पाइकरको रूपमा खेलप्रेमीमाझ पहिचान बनाएकी सिपोरा पछिल्लो क्रममा भने फिल्म दुनियाँमा आइपुगेकी छन्। सिपोराले आफूलाई भलिबल खेलाडीको रुपमा स्थापित गराएपछि फिल्ममा पाइला राखेकी हुन् । 
 
नेपालका तर्फबाट सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय खेलकुदमा भाग लिएर पदक जितेकी सिपोरा २०६७ सालको पपुलर प्लेयर अफ दी इयर उपाधि विजेता हुन् । उनले 'द घलेक-द साइन अफ लभ' र 'यम्फावती द प्रिन्सेस' फिल्ममा समेत अभिनय गरिसकेकी छिन् । उनी मिस नेपाल प्रतियोगिता-२०१३ की प्रतिस्पर्धी समेत हुन् । 
 
२०५० साल पुस १४ गते दुधपोखरी, लमजुङमा जन्मिएकी सिपोरा अभिनित फिल्म 'भूईँमान्छे' अहिले प्रदर्शन भैरहेको छ । भलिबल खेलाडीको रुपमा चम्किएकी सिपोराले अभिनयमा पनि राम्रो संभावना देखाएकी छिन् । 'भूईँमान्छे'को सबैभन्दा बलियो पक्षमध्ये सिपोराको अभिनय पनि एक हो । शव चिर्ने एक व्यक्तिको मनोविज्ञान प्रस्तुत गरिएको फिल्म 'भूईँमान्छे'मा सिपोराको अभिनयको अहिले राम्रै तारिफ भैरहेको छ । 
 
सिपोरा भलिबल जसरी सानदार खेल्छिन् अभिनय पनि उनको उतिक्कै दमदार छ । 'भूईँमान्छे' हेर्नेले उनको अभिनयको तारिफ नगरि सायदै बस्न सक्दैनन् । उनको अभिनय र संवाद शैली राम्रो छ । हुनत, सिपोराले सुधार गर्न अझै पनि धेरै बाँकी छ । 
 
तर, तपार्इले यो फिल्म हेर्ने एउटा कारण, सिपोरा पनि हुन सक्छिन् । सिपोराले केहि मिहिनेत गरेको खण्डमा उनलाई नेपाली फिल्मले संभावना बोकेकी नायिकाको रुपमा हेर्न सक्नेछ । यो फिल्ममा सिपोराको जोडी कलाकार रमेश बुढाथोकीसँग बाँधिएको छ ।
 
Most Visited News (monthly)