Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

प्रभासको ‘साहो’मा बलीउडका तीन भिलेन

एजेन्सी, मुम्बई, 2017/08/21
 
‘बाहुबली’ पछि अब मानिसहरु सुपरस्टार प्रभासको नयाँ फिल्म ‘साहो’ को प्रतिक्षामा छन् । लामो समयदेखि फिल्मकी हिरोइनलाई लिएर विभिन्न अडकल काटिएको थियो । अब चर्चा छ कि फिल्मका लागि बलीउड अभिनेत्री श्रद्धा कपूर फाइनल भएकी छिन् । तर, फिल्मका लागि फाइनल भएकी नायिका श्रद्धा कपूरको नाम सुनेर खुशी हुने भन्दा आलोचना गर्ने अहिले धेरै छन् । 
 
अब यो फिल्मको स्टार-कास्टसँग जोडिएको अर्को एक नाम बाहिर आएको छ । त्यो नाम हो ज्याकी श्राफ ।  ज्याकी श्राफले यो फिल्ममा भिलेनको भूमिका निर्वाहा गर्ने भएका छन् । सुत्रको खबरलाई आधार मान्ने हो भने ज्याकीका अलावा चंकी पाण्डे र नील नितिन मुकेशले पनि फिल्ममा भिलेनको भूमिका निर्वाहा गर्दैछन् । यसको मतलब फिल्म  ‘साहो’ मा बलीउडका तीन कलाकारले भिलेनको भूमिका निर्वाहा गर्नेछन् । 
 
योभन्दा पहिला ज्याकी राम गोपाल वर्माको 'सरकार-३' मा निगेटिभ रोलमा देखिएका थिए ।  रोमान्चक कुरो त के छ भने यी तीन कलाकारलाई अभिनेता प्रभास आफैले फाइनल गरेका हुन् । यो फिल्म प्रभासको होम प्रोडक्शनबाट निर्माण हुँदैछ । ‘साहो’को कूल बजेट डेढ सय करोडको आसपास रहेको छ । 'साहो' एक साइन्स फिक्शन एक्शन थ्रिलर फिल्म हुनेछ । 'साहो' फिल्मका डाइरेक्टर सुजीत हुन् ।  
 
Most Visited News (monthly)